बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • समाचार
  • हिमाली भेगमा यार्चा टिप्ने सिजन सुरु

हिमाली भेगमा यार्चा टिप्ने सिजन सुरु

  • आइतवार, बैशाख १६, २०८१
हिमाली भेगमा यार्चा टिप्ने सिजन सुरु

 

 

क्याराभान खबर–हिमाली जिल्ला मुगु, डोल्पा, दार्चुला लगायत ठाउ“मा बहुमुल्य जीवन बुटी अर्थात यार्चागुम्बु टिप्ने मौसम सुरु हुन थालेको छ ।
जाडो मौसम अन्त भएर गर्मी मौसम सुरुवात संगै पाटन क्षेत्रमा यार्सा उम्रिन थालेपछि सर्बसाधारण स्थानीय टिप्न जान सुरसार तर्फ जुटेका छन ।
डोल्पामा डिभिजन बन कार्यालय र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जेठ १० गते बाट उच्च पाटन क्षेत्रमा यार्चा टिप्ने जाने स्थानीयलाई अनुमति दिने निर्णय गरेको छ । डोल्पा जिल्लाको करिव ३२ ठाउ“मा पाइने बहुमुल्य जडिबुटी टिप्ने स्थानीय सातु सामल भारी तयारी गर्न थालेका छन । जेठ १० देखि डोल्पाको पाटन क्षेत्रमा यार्चा संकलन गर्ने निर्णय गरेको डोल्पा डिभिजन बन कार्यालयका प्रमुख मुनबहादुर रावतले बताएका छन ।

मुगु जिल्ला स्थित मुगुम कार्मारोङ्ग गाउपालिकाको उच्च पाटन क्षेत्रमा पाइने यार्चा टिप्न पालिकाले तत्कालै निर्णय सार्बजनिक गर्दै छ । उक्त पाटन क्षेत्रमा यार्सा टिप्न बाहिर जिल्ला बाट स्थानीय पाटन तर्फ जान थालेपछि कार्मारोङ्गले आधिकारिक निर्णय गरेर टिप्ने सुरु गरिने जनाएको छ । यार्चा टिप्ने सिजन सुरु भएको र स्थानीय पाटन तर्फ उक्लिन थालेको मुगुम कार्मारोङ्ग गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामा बताउछन ।

एक दुई दिनमै कार्यपालिकाको बैठक बसेर यार्चा टिप्ने मिति तय गर्ने अध्यक्षको भनाई छ । गरिबको प्रमुख आम्दानीको श्रोत मानिएको यार्चा पाटन क्षेत्रमा चैत बैशाख देखि उम्रिन सुरु गर्ने र जेठ देखि स्थानीयले टिप्ने गरेका छन । समुद्री सतह देखि ४५ सय मिटर उचाई देखि ५५ सय मिटर उचाईको हिमरेखा क्षेत्रमा उम्रिने यार्चा गरिबको प्रमुख आयश्रोत मानिन्छ ।
यार्चालाई स्थानीयले किरा पनि भन्ने गरेका छन । झुसिल किरा जस्तै हुने भएकोले स्थानीलले किरा भनेर चिन्ने गरेका छन । कोरोना महामारीले करिव ४ बर्ष सम्म स्थानीयतहले प्रतिबन्द लगाएको यार्सा गत बर्ष देखि स्थानीयले उत्साहका साथ पाटन पुगेर टिप्ने गरेका छन । पैसाको लोभले यार्चा टिप्ने करिव ७ बर्ष उमेर माथिका बालबालिका सहित महिला पुरुष भारी बोकेर पाटन जाने गरेका छन । यार्चा टिप्ने सिजन एक महिना हुने गरेको छ एक महिना सम्म स्थानीय पाटनमै बसेर यार्चा टिपेर फर्किने गरेका छन ।
बिशेष गरि मुगु र डोल्पामा यार्चाले गर्दा सर्बसाधारणको आयस्तर माथि उस्केको पाइएको छ । पाटन क्षेत्रमै प्रति गोटा यार्साको ५ सय देखि १ हजारमा खरिद बिक्री हुने गरेको छ । प्रति केजी १३ लाख देखि १४ लाख सम्म ब्यापारीले पाटन क्षेत्रमा खरिद गर्ने र तिब्बततिर लगेर प्रति केजी १८ लाख देखि २० लाख सम्म बेच्ने गरेको पाइन्छ । गत बर्ष मुगुको यार्सा तिब्बतमा प्रति केजी २५ लाखमा बिक्री भएको ब्यापारीको भनाई छ । हिमाली जिल्लामा पाइने यार्चा बढी तिब्बत तिर निकासी हुने गरेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार