आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • प्रदेश
  • यार्सा टिप्नेलाई दुर्घटना बीमा

यार्सा टिप्नेलाई दुर्घटना बीमा

  • बिहिबार, जेष्ठ ३, २०८१
यार्सा टिप्नेलाई दुर्घटना बीमा

मुगु–जिल्ला सिथत मुगुम कार्मारोङ गाउ“पालिकाले पाटन क्षेत्रमा यार्सा टिप्ने जाने स्थानीयलाई जीवन सुरक्षाको लागि दुर्घटना बीमा लागु गरेको छ । जोखिम मलेर पाटन क्षेत्रमा यार्सा टिप्न जा“दा लडेर घाइते हुने दुर्घटनामा परि मृत्यू भएको खण्डमा औषधि उपचार तथा राहत होस भन्ने हेतुले कार्मारोङले यार्सा बीमा लागु गरेको मुगुम कार्मारोङ गाउ“पालिकाले जनाएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ देखि पाटन क्षेत्रमा यार्सा टिप्ने जानेलाई दुर्घटना बीमा लागु गरिएको मुगुम कार्मारोङ गाउ“पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द रावलले बताए । उक्त दुर्घटना बिमाको लागि पालिकाले बजेट छुटयाएर पिडित परिवारले ५० हजार देखि १ लाख रकम पाउने ब्याबस्था गरिएको उनको भनाई छ । पालिकाले बीमा कार्यक्रमको निम्ति बर्षमा ५ लाख बजेट बिनियोजन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार