आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • समाचार
  • मुगुम कार्मारोङमा यार्सा बाट ६९ लाख राजश्व असुली

मुगुम कार्मारोङमा यार्सा बाट ६९ लाख राजश्व असुली

  • आइतवार, जेष्ठ २०, २०८१
मुगुम कार्मारोङमा यार्सा बाट ६९ लाख राजश्व असुली

मुगु–मुगु जिल्लाको मुगुम कार्मारोङ गाउ“पालिकामा यो पटक यार्सा संकलक बाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ ।
गत बर्ष यार्सा संकलक बाट करिव ४६ लाख राजश्व संकलन भएको र यो पटक ६९ लाख ५२ हजार ५ सय रुपैया“ उठिसकेको र अझै फा“टफुट उठाउने क्रम जारी रहेको मुगुम कार्मारोङ गाउ“पालिकाका आन्तरिक लेखापरिक्षक महेशबहादुर मल्लको भनाई छ । यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रति ब्यक्ति २ हजारका दरले प्रबेश शुल्क उठाइएको मल्लले बताए ।
यो पटक यार्चा बाट करिव ७० लाख राजश्व संकलन हुन सक्ने अनुमान गरिएको मुगुम कार्मारोङ गाउ“पालिकाले जनाएको छ । पाटनमा यार्सा टिप्न धेरै मानिस पाटन गइसकेको र केही फा“टफुट मानिस जाने क्रम जारी रहेको र उनीहरु बाट प्रबेश शुल्क उठाउने गरिएको मुगुम कार्मारोङ गाउ“पालका–२ का वडाअध्यक्ष च्यावा लामाले बताए ।
कोराना महामारीका कारण ४ बर्ष सम्म यार्चा बाट उठन नसकेको राजश्व गत बर्ष ४६ लाख र यो बर्ष ६९ लाख जम्मा भएको छ मुगुम कार्मारोङ गाउ“पालिकाको प्रमुख राजश्वको माध्यम नै यार्चा मुगुम कार्मारोङ गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार