शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • वनमन्त्री शाहीसंग कतारका राजदूत बीच शिष्टचार भेट

वनमन्त्री शाहीसंग कतारका राजदूत बीच शिष्टचार भेट

  • बिहिबार, अशोज ३, २०८१
वनमन्त्री शाहीसंग कतारका राजदूत बीच शिष्टचार भेट

काठमाडौं—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी संग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारी बीच शिष्टचार भेट भएको छ ।

मन्त्रालयमा बुधबार भएको शिष्टचार भेटवार्तामा नेपाल र कतार बीचको सन १९७७ देखिको कुटनीतिक सम्बन्ध उच्चस्तरीय भ्रमण द्धिपक्षिय भेटघाटका बिषयमा छलफल भएको निजी सचिवालयले जानकारी गराएको छ ।

नेपाल र कतार बीचको सम्बन्ध आपसी विश्वास समझदारी सहयोगमा आधारित सौर्हादपूर्ण र मैत्रीपूर्ण रहेको मन्त्री शाहीले बताउनु भयो ।

मन्त्री शाहीले भने नेपाल र कतारले धेरै अन्तराष्ट्रिय एजेन्डा र मुद्दाहरुमा समान धारणा राख्ने भएकोले संयुक्त राष्ट संघ असंग्न आन्दोलन र अन्य अन्तराष्ट्रिय मञ्चहरुमा दुई देशको शान्ति सुरक्षा र बिकासका निम्ति सक्रिय भूमिका रहेको छ । कतार नेपालका लागि प्रमुख रोजगारी गन्त्ब्य रहेको मन्त्रीले भने हजारौ नेपाली कतारमा रोजगारी छन ।
कतार सरकारले श्रमिकहरुको अधिकार सुरक्षाको लागि बिभिन्न नीति र सुधार ल्याएको मन्त्रीका भनाई छ । न्यूनत्तम तलव ओभरटाइम भुक्तानी र कामको अबस्था सुधार्नका लागि कतारले कानुनी प्रावधान लागु गरेको उहाको भनाई छ ।

पर्यटन पूर्बाधार उर्जा र निर्माण कार्य क्षेत्रमा कतार सरकारको लगानी उल्लेखनीय रहेको मन्त्री शाहीले सुनाए । नेपाललाई पर्यटकिय गन्त्ब्यका रुपमा प्रर्बद्धन गर्न कतारले सक्रिय भूमिका खेलेको मन्त्रीले भने कतार एयरवेजले दोहा काठमाडौ बीच नियमित हवाई सेवा प्रदान गरिरहेको छ ।
नवीकरणीय उर्जाका क्षेत्र शौर्य उर्जा उत्पादन र जलबिद्युतका क्षेत्रमा लगानी प्रबिधि हस्तान्त्रणाका लागि नेपाल र कतार बीच प्रसस्त सहयोगको सम्भावना रहेको मन्त्रीले भने उर्जा क्षमता हरित अर्थतन्त्र जलवायू परिर्वतन र बाताबरणीय दिगोपनका क्षेत्रमा सहयोग उपायहरु प्हिचान, अनुभव उत्कृष्ट अभ्यास आदान प्रदान गर्न बिश्वास लिएको छु ।

कतार सरकारलाई उपहार स्वरुप नेपाली हात्तीहरुको हस्तान्त्रण लागि आबश्यक प्रकृया पुरा भइसकेको हुदा एथासम्भव छिटो हस्तान्त्रण हुने मन्त्रीको भनाई छ । मन्त्रीका अनुसार वन वाताबरण जैबिक बिबिधता तथा जलवायू परिर्वतन क्षेत्रमा कतार सरकार बाट थप सहयोगको आसा अपेक्षा गरिएको छ ।

भेटवार्तामा राजदुत अन्सारीले भन नेपाल बाट हात्ती लिने आउने बिषय महगो भएपनि हात्ती सहित अन्य वन्यजन्तु लिन आए राम्रो हुने थियो ।

चर्चामा

सम्बन्धित समाचार