
मुगु —जिल्लाको पर्यटकिय उत्कृष्ट गन्त्ब्य रारा तालमा बिश्वमै नपाईने असला प्रजातिका माछाहरु छन । नेपालमा ६ प्रजातिका माछाहरु मध्ये रारा तालमा तीन प्रकारका साकाहारी माछा अर्थात मासुको आहारा खाने असला माछा छन । रारा तालमा पाइने माछाहरु अन्य कुनै पनि देशको समुद्र तालमा पाइदैन । मुगुको हिमाल अबस्थित समुद्री सतह देखि २९ सय ७२ मिटर उचाई १ सय ६७ मिटर गहिराई र अधिकत्तम लम्बाई ५.१ किलोमिटर रहेको स्वर्गकी अप्पसरा नामले परिचित रारा तालमा असला माछाहरु पछिल्लो बर्षहरुमा पर्यावरणीय प्रभावको उच्च जोखिम खेप्दै आएका छन । सबैले रारा तालमा असला माछाहरु छन । प्रर्यावरणीय प्रभावले तालका माछाहरु बर्षेनी घटदै गएका छन । माछाहरुको प्रजनन प्रकृया ह्रास हुदै गएको छ करिव दश बर्ष अघि तालमा माछाको लस्कर देखिन्थे भने हिजोआज न्यून हुदै गएका छन नेपाल सरकारले पनि राराका असला माछाहरुको बिषयमा ध्यान दिन सकेको छैन ।
प्राकृति सुन्दरताले भरिएका रारा क्षेत्र र तालमा तैरिने असला माछाहरु हेर्न स्वदेश तथा बिदेशी मुलुक बाट आन्तरिक तथा बाहय पर्यटक आउने गरेका छन । यिनै माछाले गर्दा पर्यटकको रारा प्रति झन आक्रर्षित हुने गरेका छन । रारा तालको किनार अग्लो मचानमा बसेर तालमा पौडिरहेका माछाहरु हेर्न निकै मज्जा आउने गरेको छ । अन्य महिनाको तुलनमा जेठ असार साउनमा तालमा ठूला देखि मसिना माछाको संख्या धेरै देखिने गरेको छ । तालामा खानेकुरा फालेपछि खानको निम्ति हानथाप गर्ने गरेका छन । गर्मी मौसमा साना माछाको एउटा समुह अलि ठूला माछाको एउटा समुह देखिने गरेको छ । सूर्यको किरण टल्किएको रारा तालमा लहरै लागेर पौडि रहेका माछाहरु देख्दा पर्यटकहरु चकित पर्ने गरेका छन । निकुञ्जले समाप्न मार्न प्रतिबन्द्ध लगाएको हुदा पर्यटकहरु हेरेर मात्र मन थकाउने गरेका छन रारा तालमा रहेका असला माछा मंसिर देखि फागुन महिना सम्म तालको सतहीमा बस्ने गरेका छन ।
हिमपात र जाडाले पानी चिसो हुने गरेपछि ठूला देखि साना माछाहरु ५० मिटर भन्दा तल समुहगत रुपमा बस्ने गरेका छन । गहिराईमा झरेका माछाहरु लेउ झारपात मसिनो ढुंगा खाने गरेका छन । जस जाडो समयमा लेक बस्तीका स्थानीय बेशीतिर झर्ने गर्छन भने त्यसै गरि रारा तालका माछा पनि गहिराईतिर जाने गरेका छन । मंसिर, पुस, माघ र फागुन महिनामा तालको किनारमा एकदमै न्यून माछाहरु देखिने स्थानीयको भनाई छ । जब पारिलो माघले तालको पानी ताप्दै जान्छ अनि गहिराईमा झरेका माछाहरु बिस्तारै माथिल्लो सहतमा देखिने गरेका छन । असार र साउन महिनामा तालको किनारमा बढी माछा देखिने गरेका छन झरी बर्षाले खहेरे खोलामा पानी बगेपछि तालका माछाहरु उफ्रिदै खोलातिर उक्लिने गरेका छन । बिस्तारै खोला सुक्दै जा“दा माछाहरु तल तालतिर झर्ने गरेका छन
माछाको उत्पति
रारा तालका असला माछा आफै उत्पति भएका हुन कोही कसैले ल्याएर छोडेका होइन छाया“नाथ रारा नगरपालिका चैन गाउ“का ६१ बर्षिय ऐनबहादुर हमालको भनाई छ । जसरी तालको उत्पति यो त्यसरी नै माछाको उत्पति भएको उनले बताए । रारा तालमा बिशेष गरेर तीन प्रजातिका असला माछा रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ पहिलो हल्का कालो जातको माछा छ । यो माछा ताल ४५ मिटर भन्दा तल गहिराई सम्म जाने र माथि सतही सम्म आउने गरेको छ । आहारा खोज्न तालको किनार सम्म पुग्ने गरेको छ । किरा,माछाका भुरा लेउ, मसिनो ढुंगा समेत खाने गरेको छ । दोश्रोमा सेतो प्रकारका माछा रहेको छ । यो माछा पनि कालो माछा जस्तै तालको गहिराई सम्म पुग्ने र माथि सतहीमा किनार सम्म पुग्ने गरेको छ कालो माछाको तुलनामा यो सेतो प्रकारको माछा तालमा बेला बेला उफ्रिएर आनन्द लिने गरेको छ । यो माछा पनि आहारा खोज्दै तालको किनार बालुवाको सतही सम्म पुग्ने गरेको छ । यसको आहारा पनि किरा, लेउ, माछाका भुरा तालमा रहेको झारपात समेत खोजेर खाने गरेको छ । तेश्रोमा थेप्चे अर्थात धामी माछा रहेको छ । यो माछालाई स्थानीय भाषा धामी माछो समेत भनेर चिन्ने गरेका छन । यो माछा अन्य दुई प्रकारका माछा भन्दा कम मात्रमा देखि गरेको छ । यो तालको गहिरा ओढार ढुंगामुनि बस्ने गरेको छ । तालको किनारमा प्राय आउदैन । सतहीमै बसेर आफनो आहारा खोज्ने गरेको छ । बर्खाको झरीको समयमा खोलानालामा उक्लिने गरेको छ । अरु माछा पनि खोलानालामा उक्लिने गरेको भएपनि यो थेप्चो माछा बढी खोलानाला रुचाउने गरेको छ । जाल बल्छी र झरिउलामा अरु माछा भन्दा यो थेप्चे माछा कम पर्ने गरेको छ । सेतो र कालो माछाको तुलनमा यो थेप्चो माछाले कम फूल पार्दा प्रजनन प्रकृया पनि कम देखिने गरेको छ । रारा तालमा रहेका असला माछाको प्रजनन प्रकृया चैत, बैशाख, भदौ असोजमा हुने गरेका छन । बिस २०४० सालमा जापानिज युनिर्भसिटी बिश्व बिद्यालय बाट आएको एक अनुसन्धान टोलीले रारा तालको माछाको बिषयमा कसरी उत्पति भयो भन्ने अनुसन्धान गरेको छाया“नाथ रारा नगरपालिका स्थित मुर्मा गाउ“का बिर्खबहादुर रोकायाको भनाई छ । उक्त टोलीले पानी सहित रारा ताल बाट असला माछा जापान लगेर त्यहा“ उत्पादन गर्न खोज्दा उत्पादन नभएको जानकरी आएको उनको भनाई छ । त्यसै कारणले बिश्वको कुनै पनि मुलुक यो असला जातको माछा पाइदै सिमित रारामा मात्र पाइने गरेको अनुसन्धानले जनाएको छ जापानिज अनुसन्धान टोलीले रारा तालमा करिव ११ केजी सम्मको असला माछा रहेको उल्लेख गरेको थियो ।
आहाराको अबस्था
बिस २०३५ साल भन्दा अघि रारातालको छाप्रु महादेव भन्ने स्थानमा शाहबंशीयहरुको बाक्लो बस्ती थियो । वरपर खेतबारीमा लगाएको मौसमी अनुसारको अनाज गहु“ जौ, चिनो, कागुनो, फलफूल प्रसस्त उत्पादन हुने र त्यो झरी बर्षाले बगेर तालमा आउने माछाको आहारा बन्थ्यो । खेतबारी जमिनको कन्लामा रहेका किरा फटयाङ्गग्रा गडेयौला पानीले बगाएर तालमा लैजाने हिडेर तालमा गएर मर्दा माछाको प्रमुख आहारा हुने गथ्र्यो अर्कोतिर शाहहरुले माछालाई मार्ने भन्दा कसरी उत्पादनमा बृद्धि गर्ने भन्नेमा ध्यान दिन्थे । बेला बखत अनाज मासु लिएर तालमा फाल्ने र माछाले खाने गर्थे । अर्कोतिर उनिहरुले तालको किनारमा धानको पराल राखेर माछाको बासस्थान बनाउर्थे । तालको किनारमा छाप्रु गाउ“का स्थानीयले धार्मिक पुजापाठ श्रद्धा गर्ने र त्यसमा प्रयोग भएको फलफूल चामल लडडु तालमा फाल्दा माछाहरुको आहारा हुने स्थानीयको भनाई छ बिस २०३५ सालमा सरकारले रारा क्षेत्रलाई निकुञ्ज घोषणा गरि त्यहा“ रहेको शाहबंशीय बस्ती उठाएर बा“के चिसापानी पु¥याएपछि त्यहा“को जमिन बा“झिदै गयो अन्नपात तालमा जान छोडयो आहारा हाल्न छोडियो । अर्कोतिर हरेक बर्षको खडेरीले गर्दा ताल वारिपारि बाट बगेर आउने करिव ३ सय वटा खोलानालाहरु सुक्दै जा“दा माछाहरुले आहारा पाउन मुश्किल भएको छ । खोला बाट किरा पातपतिंगर बगेर आउने त्यो माछाले खाने गर्थे । पछिल्ला बर्षहरुमा खोला नाला सुकेपछि किरा फटयाङग्रा बगेर आउन छोडेका छन ।
पहिले रारा तालमा सिमिने खोला धेरै थिए माछाहरु पनि प्रसस्त थिए । ताल बाट माछाहरु खोलामा आउने गर्थे लेक बिक्रम शाहले भने खोला सुक्दै गएपछि माछाको प्रजननमा कमी हुन गएको हो । अर्कोतिर जलबायू परिर्वतनका कारण किरा फटयाङ्गग्रा लोप हुदै जादा माछाले आहारा नपाउने अबस्था आएको उनको भनाई छ । दश बर्ष भन्दा अघि निकुञ्ज क्षेत्रमा धेरै बन्यजन्तु थिए तिनीहरु प्राकृति प्रकोप बिरामी भएर तालमा पानी खाने निहु“ने आउदा मर्थे त्यसको मासु माछाले नै खाने गर्थे । चोरी सिकारीले गर्दा बन्यजन्तुमा कमी आएपछि माछाको आहारा पनि घटेको अनुमान गरिएको छ । बिबिध कारणले गर्दा तालका असला माछाहरुमा भोकमरी उत्पन्न भएको छ । माथि बाट कुनै आहारा तालमा नजाने र तालमा भएको आहारा सकिदै गएपछि माछाको प्रजनन प्रकृया ह्रास हुदै गएको हो । रारा तालको असला माछा घटनुको अर्को बिशेष मुख्य कारण रहेको छ । बिस २०५८ साल कार्तिक २० गते रारा तालमा फिस्टेल हेलिकप्टर दुर्घटना भएको र त्यसमा रहेको डिजेल ट्याक्की फुटेर तालमा रसायन मिसिदा माछाहरु मरेको अनुमान गरिएको छ । प्रजनन प्रकृया न्यून भएको पाइएको छ । त्यस समय देखि तालमा रहेको ठूला माछाहरु देखिनै छोडेको स्थानीयको भनाई छ ।
बिस २०७४ साल असारमा त्रिभुवन बिश्व बिद्यालय बाट एक जना माछा बिशेषज्ञ रारामा आएर माछा अनुसन्धान गर्दा भोकमरीले माछामा छिप्रे टाटेपाटे रोग देखा परेको पुष्टी गरेको थियो । यस्तै अबस्था रही रहेको खण्डमा एक दशक पछि राराता माछाले लोप हुन सक्ने जनाएको थियो । तालमा खानेकुराको अभावले गर्दा त्यहा“का माछाहरु तालको निकास रहेको खत्याड खोलातिर सर्न खोजेको अनुसन्धानले जनाएको छ । माछाको संख्या र बसाइ सराई पुष्टी गर्न अनुसन्धान टोलीले केही माछाहरुलाई टयाग समेत लगाएर फर्किएको थियो । अर्कोतिर रारामा मानविय चाप बढदै जा“दा रारा क्षेत्र फोहोर प्रदुषण हुन थालेपछि त्यसको असर माछालाई पनि परेको छ । तालमा बोतल पलाष्टीक रक्सीका बोतल बिषादी कुरा फयाक्न थालेपछि प्रर्याबरणीय बाताबरण दुषित हुदै जा“दा माछालाई प्रभाव परेको छ ।
जलबायूको प्रभाव
रारा तालमा रहेका असला माछाहरु अहिलेको बदलिदो जलबायू परिर्वतन तथा प्रर्यावरणीय प्रभावको असरमा पर्न थालेका छन । बिस २०५० साल भन्दा अगाडी रारामा अत्याधिक चिसो र बढी हिमपातले गर्दा अत्याधिक जाडो मौसम थियो । त्यसको प्रभाव माछालाई थिएन । पछिल्ला बर्षहरुमा भुगोलको तापक्रम बढदै जानु झरी बर्षा कम हुनु तालको पानीमा तापक्रम बढदै जानु जस्ता कारणले माछाहरुमा समेत प्रभाव पर्न गएको अनुसन्धान कर्ताको भनाई छ । जति धेरै चिसो मौसम झरी बर्षा हिमपात भयो उत्ति धेरै माछा उत्पादन हुने गरेको पाइएको छ असला जातको माछा बढी चिसोमा उत्पति हुने गरेको छ । जलबायू परिवर्तनले किरा फटयाङग्र गडेयौला जस्ता जिवहरुको लोप हुदै जान थालेपछि माछालाई आहाराको जोखिम हुन थालेको छ ।
स्थानीयको नजर
बिशेष गरेर मिलीचौर, महादेव मन्दिर क्षेत्र, माझघट्ट तालको निकास क्षेत्रमा राति लुकीचोरी माछा मार्ने काम गरिन्छ । अन्य महिनाको तुलनामा जेठ असारमा मध्यवर्ती बस्तीका स्थानीय राराताल नजिक गाई भैसी चराउन लैजाने र गोठालाहरुले राति लुकेर माछा मार्ने गरेका छन । दिउसो निकुञ्जका कर्मचारी सेनाले पक्राउ गर्ने भएकोले राति टर्च लाईट बालेर नदेख्ने स्थान बाट माछा मार्न थालेपछि संख्या न्यून हुदै गएको छ ।
संरक्षणको अबस्था
रारा तालमा रहेको असला प्रजातिको माछाहरुलाई संरक्षणमा उचित ध्यान दिइएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । कोही कसैलाई मार्न प्रतिबन्द्ध तालमा मोटरवाला ढुंगा लगाउन मनाही गरिएको निकुञ्ज संरक्षण अधिकृत लालबहादुर भण्डारीको भनाई छ । बिस २०७४ सालमा तालमा रहेको जैबिक बिबिधताको अध्यायन अनुसन्धान गर्दा माछाहरुलाई आहाराको कमी नभएको पाइएको अधिकृतको दाबि छ । माछा लगायत अन्य बन्यजन्तु संरक्षणको निम्ति निकुञ्जका कर्मचारी र सेनाले गस्ति कार्यलाई तिब्रता दिइएको माछा मार्ने चोरी सिकारी गर्ने ब्यक्तिलाई पक्राउ गरि निकुञ्जको ऐन नियम अनुसार कारबाही दण्ड जरिवाना गर्ने गरिएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।