
काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई आह्वान गर्नु भएको छ स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध, नेपाल सुखी नेपालीको साथ अगाडी बढेकाले यसका निम्ति बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताउनु भएको छ ।
प्रधानमन्त्रीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवं सांस्कृतिक इतिहास भएको मुलुकमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा समेत गर्नु भयोसोही कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि आदिका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताउँदै सरकारले कानूनी र अन्य सहजीकरण गरेकाले उचित वातावरण रहेको जानकारी गराए ।स्पेनका उद्योग, वाणिज्यसँग सम्बन्धित सरकारी र संस्थाका प्रतिनिधिहरुले आफूहरु दुई देशबिचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप अभिवृद्धि गर्न तत्पर रहेको बताएका छन ।