
मुगु —छायानाथ रारा नगरपालिका–३ का ३४ बर्षिय धिरज रोकायाले पशुधन सुरक्षाको निम्ति दुई वटा कुकुर पाल्दै आएका छन । उनको गोठमा रहेको ९० वटा भेडाबाख्राको सुरक्षार्थमा दुई वटा कुकुर दिनरात पहेर दिने गरेका छन ।
रोकायाले एउटा कुकुरालाई डाब र अर्कोलाई छाउरी भनेर बोलाउने गरेका छन । दिउसो भेडाबाख्राका् बथान चराउन बन जंगलतिर जाने र राति गोठका् ढोकामा बसेर दुबै कुकुर सुरक्षा दिने गरेका छन ।
दुई वटा कुकुरले मेरो पशुधनको सुरक्षा हेरचाह गर्ने गरेको रोकायाले बताए । दिउस बनपाखामा म र दुई वटा कुकुर भेडाबाख्रा चराउन जाने राति गोठको ढोकामा बसेर बाघ, स्यालले भेडा नचोरोस् भनेर पहेरा दिने गरेको उनको भनाई छ ।
बुबा बाजेको पाला देखि पशुधनको सुरक्षाको लागि दुई वटा पाल्दै आएको रोकायाले सुनाए ।
भेडाबाख्रा चराउन बनजंगल जा“दा स्याउ बाघ देखि लखेडन जाने राति चोर आए भुकुर परिवारलाई जानकारी दिने भएकोले स्थानीयले पशुधन सुरक्षाको लागि अनिबार्य कुकुर पाल्ने चलन छ ।अन्य कुकुर भन्दा पशुधनको सुरक्षा गर्ने कुकुरको मुल्य मह“गो हुने गरेको छ । एउटा कुकुरको कम्तीमा ३० देखि ४० हजार मुल्य पर्ने गरेको रोकायाले जानकारी गराए ।खत्याड गाउ“पालिका स्थित खमाले गाउका जंगबहादुर बुढाले भने पनि पशुधनको रक्षा गर्न तीन वटा कुकुर पालेका छन । कुकुरले गर्दा भेडाबाख्रा बृद्धि भएको नास हुन नसकेको उनको भनाई छ ।
शहर बजारतिर रहरले घरमा कुकुर पाल्ने गरिन्छ भने गाउ“बस्तीमा पशुधन घरबारीको रक्षा गर्न बाध्यताले कुकुर पाल्नु पर्ने बाध्यता छन । जेठ असारमा चौपायबस्तु लेक तथा पाटनतिर चराउन लैजादा कुकुरलाई पनि साथमै लैजाने पशुपालक किसानको भनाई छ ।अर्कोतर्फ कतिपय लेकाली बस्तीका स्थानीयले घरको सुरक्षाको लागि पनि कुकुर पाल्ने गरेका छन । कुकुरलाई ढोकामा बा“धेर दिउसो खेतीपाती घा“स दाउरा ल्याउन बनजंगलतिर जा“दा घरको रक्षा हुने चोरले धनसम्पति चोर्न नपाउने नगरपालिका–३ का शिक्षक रंग कार्कीले सुनाए ।
कुकुरलाई बिहान बेलुका कोदो, गहु“ र जौको डिडो बनाएर खान दिइन्छ कसैले आफूले खाने दाल भात कुकुरलाई खुवाउने गरेका छन । औल बस्तीका स्थानीयले भन्दा लेकबस्तीका स्थानीयले कुकुर पाल्ने चलन बढी छ ।
कसैले चोरी शिकारको लागि कुकुर प्रयोग गर्ने चलन छ कुकुरले घोरल, रतुवा, मृतलाई लखेटेर मार्ने भएकोले स्थानीयले शिकारीको रुपमा कुकुर पाल्ने चलन छ । रातो, काला र सेतो गरि तीन रंगका कुकुर हुने गरेका छन । सबै भन्दा कालो रंग भएको कुकुर बढी पाल्ने गरिन्छ ।तिब्बत संग सिमा जोडिएका बस्ती मुगु, डोल्फू, चितै, कार्ति, किम्री उच्च हिमाली क्षेत्रका स्थानीयले भोटे जातको कुकुर पाल्ने चलन छन । उक्त भोटे जातको कुकुरको मुल्य ५० देखि ६० हजार पर्ने गरेको छ ।
उक्त गाउ“का स्थानीयले भोटे कुकुराका छाउरा बेच्न शहरतिर लैजाने गरेका छन । एक छाउराको ५ सयका दरले बेच्ने गरिन्छ । भोटे जातको कुकुर दिउसो सुत्ने राति आफनो घर सहित ओल्लो पल्लो घरको सुरक्षामा खटिने गर्छ ।
गाउ“घरका स्थानीयले बिशेष गरेर पशुबस्तुको रक्षाको लागि नै कुकुर पाल्ने गरेको पशु अस्पताल सेवा कार्यालयले जनाएको छ ।जिल्लाको चार वटा स्थानीयतह मध्ये सिमित नगरपालिका क्षेत्र भित्र मात्र करिव १ हजार १ सय २५ वटा कुकुरको संख्या रहेको छ । अन्य तीन वटा गाउ“पालिकामा पनि बिस्तारै कुकुरको गणना गरिने उनले जनाए ।
कुकुरलाई धनलक्ष्मी भन्ने पनि गरिन्छ । किनभने गोठको गाई बस्तु भेडाबाख्रा र घरको धनसम्पतिको सुरक्षा गर्ने भएकोले कुकुरलाई धनलक्ष्मी भनिएको हो । अन्य तीन वटा गाउ“पालिकामा पनि बिस्तारै कुकुरको गणना गरिने उनले जनाए ।
जिल्ला पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार कार्तिकमा कुकुर गर्भधान हुने र पुसमा ब्याउने गरिन्छ । बर्षको एक पटक कुकुर ब्याउने गर्छ । एउटा कुकुरले ३ देखि ४ वटा समेत बच्चा जन्माउने गर्छ । कुकुरको आयू १२ बर्ष देखि १५ बर्षको हुने गरेको बुढाको भनाई छ ।साइत गरेर घर बाहिर जा“दा बाटोमा बिरालो भेटिए नराम्रो हुने र कुकुर भेटिए साइत सप्रिने बुढापाकाहरुको भनाई छ । करिव १२ बर्ष पछि सम्म कुकुर आफुले पालेको मान्छेलाई चिन्ने गरेको छ ।