आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • लज्जालु स्वभावले रोग लुकाएर बस्छन् दुर्गमका महिला

लज्जालु स्वभावले रोग लुकाएर बस्छन् दुर्गमका महिला

  • आइतवार, बैशाख ६, २०८३
लज्जालु स्वभावले रोग लुकाएर बस्छन् दुर्गमका महिला

मुगु —मुगु दुर्गम बस्तीका महिला लज्जालु स्वभावका कारण आफनो रोग लुकाएर बस्ने गरेका छन । बिशेष गरेर महिलाको तल्लो पेट दुख्ने सेतो गन्ध आउने पानी बग्ने जस्ता पाठेघर सम्बन्धि समस्या झेल्दा आएका बिकट बस्तीका महिलाहरु लजालुपनले गर्दा स्पष्ट आफनो समस्या भन्न नसक्दा रोग सहर बस्ने गरेका छन ।छायाँनाथ रारा नगरपालिका–१३ मा संचालन गरिएको दुई दिने निःशुल्क प्रजनन स्वास्थ्य रुग्णता शिविरमा उपचारको लागि आएका अधिकास महिलाहरु पाठेघर समस्या देखिएको उपचारमा संकलग्न चिकित्सकको भनाई छ ।
गत बिहिबार र शुक्रबार नगरपालिका वडा १३ को लुम र थार्प आयोजना गरिएको सोही शिविरमा २ सय १६ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ७५ प्रतिशत महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएको छ ।नगरपालिका स्वास्थ्य शाखाको आयोजना र सहयोगी हातहरूको समूह ‘साहास नेपाल द्धारा संचालित स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण परियोजना कार्यक्रमको सहकार्यमा संचालित शिविरको आयोजना गरिएको हो ।

शिविरमा गर्भवती जाँच,पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच, सामान्य प्रजनन स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य संयोजक पुण्यप्रभा देवकोटाले भनिन महिलाहरूको लजालु स्वभाव चेतनाको कमी आर्थिक समस्या जस्ता कारणले रोग लुकाउन बाध्य छन ।

दुर्गम बस्तीका महिलाहरु दिल खोलेर आफनो रोगको भन्न सक्दैनन स्वास्थ्य शाखा प्रमुख देवकोटाले भनिन रोग लुकाएर बस्छन ।शिबिरमा २ सय १६ जना महिला मध्ये धेरैमा बाँझोपन र पाठेघर सम्बन्धी समस्या देखिएको चिकित्सक नहकुल शाहीले जानकारी गराए । बिकट दुर्गम भेगमा प्रजनन स्वास्थ्य बारे जनचेतना अझै कमजोर देखिएको उनको भनाई छ ।कलिलो उमेरमै विवाह, छिटो सन्तान जन्माउने प्रचलन, पोषणको कमी घरयासी कामको बढी बोझका कारण पाठेघर सम्बन्धी समस्या बढी देखिएको चिकित्सकको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार