हुम्ला —जलवायु परिर्वतनको असर टासी ल्हान्जोमको मुख्य चुनावी मुद्दा रहेको छ । उनी राष्टिय स्वतन्त्र पार्टी बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वातनको लागि प्रत्यक्ष तर्फ हुम्ला बाट उम्मेदवार बनेकी छन । हुम्ला नाम्खा गाउँपालिका ६ लिमी हाल्जी गाउँकी २६ बर्षिय टाशीले हिमाली समुदायमा जलवायू परिवर्तनले पारेको असर बारे मुख्य चुनावी मुद्दा बनाएर मतदातासामु भोट माग्न घरदैलो अभियानतिर लागेकी छन । हिमालकी छोरी आफ्नै मातृभूमि सँग गहिरो सम्बन्ध रहेकी टासीले गत बर्ष हुम्ला लिमीमा बाढी पहिरो बाट भएको क्षेति बारे सरकारको ध्याकर्षण गराएकी थिइन ।
टाशी हुम्ला बाट पहिलो पटक चुनावी प्रतिस्पर्धा गदैछिनजजवायू परिर्वतनको मुद्दाले टासीलाई केही सहज बनाएको छ । जलवायू असरको मुद्दा हिमाली जिल्ला हुम्ला निम्ति उपयुक्त र सान्दर्भिक मानिएको छ । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउ पग्लिने, हिम पहिरो जाने, हिउ नपर्ने अन्नबाली उत्पादनमा घटदै जाने जस्ता कारणले हिमाली बस्तीहरु बढी असरमा परेको टासीको भनाई छ । जलवायु असरको मुद्दा अन्तर्राष्ट्रिय मञ्चसम्म पुरयाउन टासी सक्षम भएकी छन । टासीले डकुमेन्ट्री फिल्म नो मोनास्ट्री, नो भिलेज जस्ता काम बाट अन्तर्राष्ट्रिय संस्था बाट प्रशंसा पाएकी छन । हसिली अनुहारकी टासी भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट राजनीति शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेकी छन ।