शुक्रबार, बैशाख ११, २०८३
शुक्रबार, बैशाख ११, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरिदै

कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरिदै

  • बिहिबार, बैशाख १०, २०८३
कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरिदै

मुगु —कर्णालीमा घूमौं कर्णाली, हेरौं कर्णाली भन्ने नारासहित तेस्रो कर्णाली अन्तराष्टिय चलचित्र महोत्सव गर्न लागिएको छ । उक्त महोत्सव बारे आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । समग्र कर्णाली क्षेत्रको पर्यटन, कला–संस्कृति र चलचित्र विकासलाई केन्द्रमा राख्दै केआईएफएफले आयोजनामा गर्न लागेको हो
भोली शुक्रबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा उदघाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम आयोजना हुने भएको छ । कर्णाली क्षेत्रमा प्रशस्त प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्भावना भए पनि पर्यटन र चलचित्र सम्बन्धी गतिविधि न्यून रहेको सन्दर्भमा महोत्सवलाई महत्वपूर्ण हेरिएको छ । महोत्सवले कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन स्थल र स्थानीय संस्कृति–कला विश्व माझ चिनाउने आयोजकले जनाएको छ ।
उक्त महोत्सवलाई सफल बनाउन संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, चलचित्र क्षेत्र, पर्यटन व्यवसायी, नागरिक अगुवाको अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार