काठमाडौ —नेपाली कांग्रेसले ममता शर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन । बाराकी शर्मालाई सभापति गगन थापाले मंगलबार केन्द्रीय सदस्य मनोनीत गरेको नेपाली कांग्रेसले जनाएको छ ।