सोमवार, भदौ १, २०८३
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • श्रद्धा र भक्तिपूर्वक आज नागपञ्चमी पर्व मनाइदै

श्रद्धा र भक्तिपूर्वक आज नागपञ्चमी पर्व मनाइदै

  • सोमवार, भदौ १, २०८३
श्रद्धा र भक्तिपूर्वक आज नागपञ्चमी पर्व  मनाइदै

काठमाडौ —नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज मुलुकभर हिन्दु धर्मस्वाम्बीहरूले नागको पूजा–अर्चना गरी श्रद्धा र भक्तिपूर्वक नागपञ्चमी पर्व मनाउने चलन रहि आएको छ ।आजको दिन बिहानै स्नान गरी घरको मूलढोकामा नागको चित्र वा तस्वीर टाँसेर दूध, दुबो, कुश, गोबर, लावा र विशेष पूजासामग्रीद्वारा नागको पूजा गर्ने परम्परा छ।
घरको मूलढोकामा नागको तस्वीर टाँस्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ तथा अग्निको भयबाट समेत मुक्ति मिल्ने धार्मिक विश्वास रहि आएको छ। नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकाका प्रसिद्ध नागदहहरू तथा नागस्थानहरूमा भक्तजनको बाक्लो घुइँचो लागेको थियो। नक्सालस्थित नागपोखरी, धापासीस्थित नागपोखरी र पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरूको लामो लाइन लागेको थियो।

धापाखेलस्थित प्रसिद्ध नागदह र टौदहमा पनि विशेष मेला तथा पूजाआजा सम्पन्न भएको छ।सिद्धपोखरी र अन्य स्थानीय नागस्थानहरूमा पूजाअर्चना गर्नेहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
वैदिक सनातन परम्पराअनुसार नागलाई जल र वर्षाको देवताका रूपमा लिइन्छ। खेतीपातीको समयमा पानीको आवश्यकता पर्ने भएकाले नागराजलाई खुसी तुल्याउन यो पूजाको विशेष महत्व रहेको संस्कृतिविद्हरूको भनाइ छ।पौराणिक ग्रन्थहरूमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कोटक र शङ्ख गरी आठ प्रमुख नागको पूजा गर्ने विधान छ।

नागपञ्चमीका दिनदेखि नै घरमा प्रवेश गर्ने विषालु जीवहरूलाई हानी नगरी शान्त बनाउने धार्मिक विश्वास छ।आजको दिन खेतबारीमा खनजोत गर्न नहुने र सर्पलाई दुःखी बनाउन नहुने लोकमान्यता समेत रहिआएको छ। नागपञ्चमी सम्पन्न भएसँगै चाडपर्वहरूको मौसम सुरु भएको मानिन्छ।

चर्चामा

सम्बन्धित समाचार