मङ्लबार, भदौ १६, २०८३
मङ्लबार, भदौ १६, २०८३
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जलवायु परिर्वतनसंगै हामीले खेप्नुपरेको जोखिम बढदै गएको छ, प्रधानमन्त्री शाह

जलवायु परिर्वतनसंगै हामीले खेप्नुपरेको जोखिम बढदै गएको छ, प्रधानमन्त्री शाह

  • मङ्लबार, भदौ १६, २०८३
जलवायु परिर्वतनसंगै हामीले खेप्नुपरेको जोखिम बढदै गएको छ, प्रधानमन्त्री शाह

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रमा जलवायु परिर्वतनसंगै हामीले खेप्नु परेको जोखिम बढदै गएको बताउनु भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन प्रधानमन्त्री शाहले भने हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उहाको भनाई रहेको छ

प्रधानमन्त्री शाहका अनुसार त्यसैले यो क्षेत्र सर्तक त हुनैपर्छ, सँगसँगै हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने पनि समय आएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले रसुवा भोटेकोशी बाढी प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनलाई दृढता र सक्रियताका साथ अघि बढाइरहेको उल्लेख गर्नु भएको छ ।

सामाजिक सञ्जाल मार्फत सोमबार प्रधानमन्त्री शाहले विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आमनागरिकको भूमिका प्रशंसनीय रहेको जनाएका छन ।

पहाम्रा सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का ४ वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत ३६९६ जना प्रभावित नागरिकसम्म पु¥याइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ ।

साथै प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेको उहको भनाई रहेको छ ।
सरकारले राहत संकलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार कार्यलाई तीव्र पारेका छौ । ११,३७९ जना मानिसहरुको उद्धार भइसकेको छ र ३९२५ जना सम्पर्कविहिन हुनुहुन्छ। सम्पर्कबिहिनीको संख्या घटबढ भइरहेको छ। प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरु मध्ये १६८ जना डिस्चार्ज भइसक्नुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार राहत कोषमा सोमबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार