मङ्लबार, भदौ २३, २०८३
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • नेपाली चलचित्र बेहुलीको सशक्त ट्रेलर सार्वजनिक

नेपाली चलचित्र बेहुलीको सशक्त ट्रेलर सार्वजनिक

  • आइतवार, भदौ २१, २०८३
नेपाली चलचित्र बेहुलीको सशक्त ट्रेलर सार्वजनिक

काठमाडौ —नेपाली चलचित्र ’बेहुली’को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ । यही भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ’बेहुली’को सशक्त ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । हलमा रिलिज हुन मात्र पाँच दिन बाँकी रहँदा निर्माण टिमले काठमाडौंको जय नेपाल हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक ट्रेलर दर्शकमाझ ल्याएको हो ।
भोटेकोसी क्षेत्रमा आएको अनपेक्षित र विनाशकारी बाढीका कारण देशले बेहोर्नु परेको सङ्कट र पीडालाई मध्यनजर गर्दै निर्माण पक्षले यसअघि चलचित्रका सम्पूर्ण प्रचारप्रसारका कार्यक्रमहरू स्थगित गरेको थियो।
देशको असहज परिस्थितिलाई आत्मसात् गर्दै रोकिएको प्रचारप्रसारलाई स्थिति केही सहज भएसँगै ट्रेलर सार्वजनिक गरेर पुनः सुरु गरिएको हो।ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा प्रस्तुत कर्ता अर्जुन पोखरेलले एक परोपकारी घोषणा गरेका छन्।

चलचित्रले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका बाढी प्रभावितहरूका लागि प्रदान गरिने उनले बताए।

चर्चामा

सम्बन्धित समाचार