सोमवार, मंसिर ८, २०८३
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • News
  • कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, भोली देखि प्रतिस्पर्धा सुरु

कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, भोली देखि प्रतिस्पर्धा सुरु

  • सोमवार, मंसिर ८, २०८३
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, भोली देखि प्रतिस्पर्धा सुरु

मुगु – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका मुख्य खेल भनेभोली  मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएसहित ११ टोलीका खेलाडी सहभागी हुनेछन्। ३२ खेलका ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका खेल कर्णालीसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने बाँके, बर्दिया, सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुममा पनि विभिन्न खेल सञ्चालन गरिनेछ।

प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने र २०० भन्दा बढी सीसीटीभी क्यामेराबाट निगरानी गरिने तयारी छ।

मंसिर २७ गते समापन हुने प्रतियोगितालाई भव्य बनाउन कर्णाली प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले तयारी तीव्र पारेका छन्। लामो प्रतीक्षापछि कर्णालीमा हुन लागेको राष्ट्रिय खेलकुदलाई प्रदेशले खेल पर्यटन र खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसरका रूपमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार