काठमाडौ- प्रधानमन्त्री वालेन्द्र शाह बालेन दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैहुनुहुन्छ ।प्रधानमन्त्री शाहको टोली आज दिउसो १ः४५ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट दिल्ली जाने कार्यतालीका रहेको छ
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली जान लाग्नु भएको हो ।प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता सहकार्यका विविध क्षेत्रसँग सम्बन्धित समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने परराष्ट्र सचिव अमृत राईले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत ‘बिजनेस फोरम’को पनि आयोजना गरिनेछ । उक्त फोरममा भारतीय व्यवसायीका चासो तथा सरोकार सम्बोधनको प्रयास हुनेछ । साथै उनीहरूलाई नेपालमा लगानीका लागि अनुरोध गरिने छ ।यसैगरी, भारतीय लगानी थप आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिने सो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको ‘सेतु’ बन्ने अपेक्षा गरिएको छ ।
मुख्य तालिका यस्तो छ–
मंसिर ६ गते आइतबार
▪ दिउँसो १ः ४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँबाट दिल्ली प्रस्थान।
▪ दिउँसो ३ः १५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण।
▪ साँझ ६ः ०० बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता।
मंसिर ७ गते सोमबार
– बिहान १०ः०० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत (गार्ड अफ अनर) तथा भेटघाट।
–स्वागतलगत्तै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।
– मध्यान्ह – हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता।
– दिउँसो १२ः२५ बजे– दुई देशबीच महत्त्वपूर्ण सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।
–दिउँसो – प्रधानमन्त्री मोदीद्वारा आयोजित औपचारिक दिवाभोजमा सहभागी।
–दिउँसो ३ः१५ बजे– राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता।
–साँझ ४ः५० बजे– नयाँ दिल्लीबाट स्वदेश प्रस्थान ९साँझ ६ः३५ बजे काठमाडौं अवतरण।