शुक्रबार, मंसिर ५, २०८३
शुक्रबार, मंसिर ५, २०८३
  • होमपेज
  • News
  • स्थानीयतहको निर्वाचन वैशाखमा र प्रदेश निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव

स्थानीयतहको निर्वाचन वैशाखमा र प्रदेश निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव

  • शुक्रबार, मंसिर ५, २०८३
स्थानीयतहको निर्वाचन वैशाखमा र प्रदेश निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव

काठमाडौ –निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको छ ।शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोगमा भएको छलफलका क्रममा निर्वाचनको सम्भावित कार्यतालिका प्रस्तुत गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी रहेको थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलका लागि आयोग पुगेका थिए । तर उनले पार्टीका तर्फबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ ।संवैधानिक व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार