मङ्लबार, मंसिर ९, २०८३
मङ्लबार, मंसिर ९, २०८३
  • होमपेज
  • News
  • पाँचपटक प्रधानमन्त्री भइसके अब देशको सेवा गछु, देउवा

पाँचपटक प्रधानमन्त्री भइसके अब देशको सेवा गछु, देउवा

  • मङ्लबार, मंसिर ९, २०८३
पाँचपटक प्रधानमन्त्री भइसके अब देशको सेवा गछु, देउवा

काठमाडौ –नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले आफु पाँचपटक प्रधानमन्त्री भइसके अब देशको सेवातिर लाग्ने बताएका छन । कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशन अन्तर्गत सोमबार लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको भालुबाङ्गमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले पाँचपटक प्रधानमन्त्री भइसकेको, आफुले पाउने चिज सबै पाइसकेकाले अब देशको सेवा गर्ने बताउनुभयो ।

पुर्व सभापति देउवाले लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्य मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिदै लोकतन्त्रको विकासका लागि र देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने बताउनु भयो ।’अधिवेशनमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेत लगायत नेताहरुले सम्बोधन गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार