मुगु–मुगु जिल्ला सोरु गाउपालिका–४ रावलबाडा गाउ“का ३५ दलित परिवार पहिरोको उच्च जोखिममा छन । गाउको मुनितिर बाट जमिन भा“सिदै घर सम्म पुग्न थालेपछि दलित परिवारको उठिबास हुन थालेको छ खेतीयोग्य जग्गा जमिन पहिरोले भत्किदै गएका छन ।
रावलबाडा गाउ“का ३५ दलित परिवारले गाउ“ अन्यत्र ठाउमा सार्न स्थानीयतह सरकार प्रदेश सरकार र संघीय सरकार समक्ष बारम्बार माग गर्दै हैरान भएका छन । बर्षा सुरु हुन थालेपछि ३५ दलित परिवार जागराम बस्ने गरेका छन । हामी ३५ दलित परिवार पहिरोको उच्च जोखिममा छौ सरकारले हेर्दैन रावलबाडा गाउ“का जाड नेपालीले गुनासो पोख्दै भने बर्षा सुरु हुन थालेपछि रातभर जागराम बसेर दिन बिताउछौ । गाउ“को तल माथि बाट पहिरो जान थालेपछि कुल देउता सम्झेर रात कटाउन गरेको उनले सुनाए ।
पछिल्लो पटक गाउ“ माथि बाट पनि पहिरोबादी आउन थालेको उनको भनाई छ । पहिरोको डरले ज्यान बचाउन केही दलित परिवारले पुख्र्यौली घर छोडेर बाहिर पलायन हुन थालेका छन ।