शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वनमन्त्री शाहीद्धारा रारामा प्रकृति संरक्षण कोषको कार्यालय उदघाटन

वनमन्त्री शाहीद्धारा रारामा प्रकृति संरक्षण कोषको कार्यालय उदघाटन

  • सोमवार, बैशाख २१, २०८२
वनमन्त्री शाहीद्धारा रारामा प्रकृति संरक्षण कोषको कार्यालय उदघाटन

मुगु —नेपाल सरकारका वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले सोमबार पर्यटकिय स्थल रारामा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय उदघाटन गर्नु भएको छ ।मन्त्री शाहीको पहलमा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल एवं नेपालको सबैभन्दा ठूलो ताल रारासँगै त्यस वरपरको प्रकृती संरक्षणका लागि कर्णाली प्रदेशकै पहिलो रारामा राष्ट्रिय प्रकृती संरक्षण कोषको कार्यालय स्थापना गरिएको छ ।यस कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रम मार्फत रारा तालको प्रकृति संरक्षण र राष्ट्रिय निकुञ्ज भित्रको वन तथा वन्यजन्तुको संरक्षणमा ठूलो योगदान पुर्याउने मन्त्री शाहीले बताउनु भयो ।

यस कार्यक्रममार्फत रारा राष्ट्रिय निकुञ्ज, रारा ताल, शेफोक्सुनडो लगायत सम्रग कर्णाली प्रदेशको प्रकृति संरक्षणको क्षेत्रमा पनि काम गर्ने मन्त्रीको भनाई छ ।निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको संरक्षण, वन्यजन्तुको उपचार र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पनि प्रकृती संरक्षण कोषले ठूलो योगदान पुर्याउने आशा गरिएको छ ।पर्यटको संख्या वृद्धिसँगै धार्मिक पर्यटन क्षेत्रको बिकासमा जोड दिइने र आगामी वर्षको बजेटमा धार्मिक पर्यटन क्षेत्रको विकास प्रकृति संक्षणमा जोड दिने कार्यक्रम सञ्चालनका लागि बजेट व्वस्थापन गरिने मन्त्री शाहीले बताए ।रारा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष को कार्यालय स्थापन कार्यक्रममा वन मन्त्री शाही जिल्ला समन्वय प्रमुख मन्जनबहादुर कार्की छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णु कुमार भाम, सोरु गाउँपालिकाका उपाअध्यक्ष केशर बहादुर शाही  कोषका सदस्य सचिव नरेश सुवेदीले  लगायत सहभागी थिए ।

 

चर्चामा

सम्बन्धित समाचार