बुधबार, बैशाख ९, २०८३
बुधबार, बैशाख ९, २०८३
  • होमपेज
  • समाचार
  • गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

  • बुधबार, बैशाख ९, २०८३
गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

काठमाडौ —गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्लो समय आफ्नो शेयरसँग सम्बन्धित विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। गुरुङले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास भन्दा ठूलो शक्ति अरू केही नहुने स्पष्ट पार्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले नैतिक कदम चालेको बताएका छन्।

उनले पछिल्ला दिनमा सक्रिय देखिएको ‘जेनजी आन्दोलन’ले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्।
मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भने ।

फाइल तस्विर

चर्चामा

सम्बन्धित समाचार