शुक्रबार, बैशाख ११, २०८३
शुक्रबार, बैशाख ११, २०८३
  • होमपेज
  • समाचार
  • गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता

  • बिहिबार, बैशाख १०, २०८३
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता

काठमाडौ —गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आज गैरआवासीय नेपाली संघ एनआरएन परराष्ट्र मन्त्रालयबीच आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले उक्त कुरा बताउनु भएको छ ।
मन्त्री खनालले संविधानका आकांक्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक कार्यान्वयन दुवै दृष्टिकोणबाट अझ स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्ने गरी ऐनलाई प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको मन्त्रीको भनाई छ ।
उक्त कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा. बद्री केसी, पूर्व अध्यक्ष कुल आचार्य, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष वुद्धि सुबेदी, तथा फोकल पर्सन सरोज दाहाल लगायतले मस्यौदा र ऐनबारे सुझावहरू प्रस्तुत गर्नु भएको थियो । उहाँहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरूसँग कायम गर्दै गैरआवासीय नेपालीहरूको आकांक्षालाई पनि समेट्नुपर्ने उहाले धारणा राख्नु भएको थियो । संघको आधिकारिक सुझाव ५ दिनभित्र पेश गर्ने तयारी छ । यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालयले एनआरएन लाई विश्वासिलो साझेदारका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनहरूमा यो सहकार्य अझ सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष खगेन्द्र न्यौपाने,उपाध्यक्ष चिन्तामणि सापकोटा, महिला उपाध्यक्ष राधिका टिका गुरुङ,महासचिव डा चिरञ्जीवी खड्का, उपमहासचिव बेदराज बस्नेत, सचिव अभिमन्यु बस्नेत, सचिव यज्ञ नारायण पौडेल, कोषाध्यक्ष कृष्ण तिमल्सिना, महिला संयोजक रश्मि थापा, क्षेत्रीय महिला उप संयोजक (युरोप) राधा सिग्देल, क्षेत्रीय उप–समन्वयक (एशिया) भविन्द्र बस्नेत, एनसीसी आयरल्याण्डका अध्यक्ष चेतराज ओली, हङकङका संस्थापक अध्यक्ष कृष्ण पाण्डे तेजेन्द्र गिरी (कानुनी सल्लाहकार) र अनलराज भट्टराई (एनआरएन डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत) सहभागी रहेको थियो । तस्विर गैरआवासीय नेपाल संघ ।

चर्चामा

सम्बन्धित समाचार