शनिबार, बैशाख १२, २०८३
शनिबार, बैशाख १२, २०८३
  • होमपेज
  • समाचार
  • पूर्ववनमन्त्री शाहीद्धारा नेशनल सोसल वेलफेयर अवार्ड बाट सम्मानित सरितालाई बधाई

पूर्ववनमन्त्री शाहीद्धारा नेशनल सोसल वेलफेयर अवार्ड बाट सम्मानित सरितालाई बधाई

  • शुक्रबार, बैशाख ११, २०८३
पूर्ववनमन्त्री शाहीद्धारा नेशनल सोसल वेलफेयर अवार्ड बाट सम्मानित सरितालाई बधाई

काठमाडौ—पूर्ब वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेशनल सोसल वेलफेयर अवार्ड बाट सम्मानित अनमी सरिता शाहीलाई बधाई दिएका छन । मन्त्रीले सरितालाई बधाई दिदै भन्नुभयो ल धेरै धेरै धन्यबाद हजुरलाई गाउ“मा बसेर गर्भवती र सुत्केरी प्रति समर्पित रहेर काम गर्नु भयो । आगामी दिनमा अझ राम्रो गर्दै जानु होला मन्त्रीले भन्नुभयो । भौगोलिक बिकटता र जनशक्तिको अभावका बीच सुत्केरी आमाहरुको ज्यान बचाउन पसिना चुहार काम काम गरि रहनु भएको छ  स्थानीयबासी  तपाई प्रति खुशी छन । मन्त्रीको भनाई छ ।
सिजन मिडियाद्वारा आयोजित आज काठमाडौ स्थित राष्ट्रिय नाचघरको सभाहलमा नेसनल सोसल वेलफेयर अवार्ड २०२५ कार्यक्रममा कार्यबाहक प्रमुख निर्बाचन आयुक्त राम प्रसाद भण्डारीले अनमि सरितालाई अवार्ड प्रदान गर्नु भएको छ ।
बिगत लामो समय देखि कर्णाली प्रदेशको मुगुको दुर्गम गाउ“मा रहेर स्वास्थ्य क्षेत्रमा सक्रिय रहि गर्भवती महिलाहरुको प्रसुती सेवा तथा स्थानीय जनताको प्राथमिक उपचारमा यह“ाले पुरयाएको सहयोग र योगदान समाजमा सकरात्मक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको हुदा अनमि सरितालाई यो नेशनल सोसल वेलफेयर अवार्ड २०२५ बाट सम्मानित गरिएको सिजन मिडियाका अध्यक्ष प्रदिपराज पन्तले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार