काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ः०० बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन बोलाउनु भएको छ ।