काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संबैधानिक परिषदको बैठक आज आह्वान गर्नु भएको छ । उक्त बैठक दिउसो ५ बजे सिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । परिषद्का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री बालेनको निर्देशन अनुसार संवैधानिक परिषद् सचिवालयले बैठक आह्वान गर्नु भएको हो । बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ ।
सोही बैठकमा सहभागी हुन डोलप्रसाद अर्याल, नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
सर्वोच्च अदालतको नेतृत्व चयनसँग सम्बन्धित भएकाले आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ। संवैधानिक परिषद्ले सिफारिस गरेपछि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थप अघि बढ्नेछ ।