काठमाडौ —संघीय संसद्को दुवै अधिवेशन आज देखि प्रारम्भ हुदैछ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुनेछ ।