काठमाडौ – सरकारले नेपाली पानीको ब्राण्डिङ गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै नेपाली पानीको ब्राण्डिङ गरिने घोषणा गर्नु भएको छ । उक्त नीति तथा कार्यक्रम अनुसार नेपाली जलको ब्राण्डिङ गर्न हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।