सोमवार, भदौ १५, २०८३
सोमवार, भदौ १५, २०८३
  • होमपेज
  • कृषि
  • कर्णालीको रैथाने बाली अन्तराष्ट्रिय बजार निर्यातबारे इजरायली राजदूतसँग छलफल

कर्णालीको रैथाने बाली अन्तराष्ट्रिय बजार निर्यातबारे इजरायली राजदूतसँग छलफल

  • मङ्लबार, जेष्ठ ५, २०८३
कर्णालीको रैथाने बाली अन्तराष्ट्रिय बजार निर्यातबारे इजरायली राजदूतसँग छलफल

मुगु —नेपाल बिधार्थी संंघका पूर्व केन्दीय सदस्य आशिष देवकोटाको टोलीले कर्णालीको रैथाने स्थानीय उत्पादन हुने बाली तथा वन क्षेत्रको बहुमुल्य जडीबुटी उत्पादनको अन्तर्राष्ट्रिय बजार सम्म लैजानका लागि सम्भावना बारे नेपालका लागि इजरायलका राजदूत सित छलफल गरिएको छ ।नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भएको भेटघाटमा कर्णाली क्षेत्रका उत्पादनलाई बिदेशी बजारमा पु¥याउने सम्भावना, कृषि आधुनिकीकरण तथा जडीबुटी प्रवद्र्धनका विषयमा छलफल भएको देबकोटाले जानकारी गराए ।

आषिश देवकोटाले भने उक्त छलफलमा बिशेष गरि माथिल्लो कर्णालीमा उत्पादन हुने सिमी, कागुनो, चिनो, कोदो, मास, मार्सी चामल, लगायत रैथाने बालीलाई इजरायलसम्म निर्यात गर्न सकिने बारे धारणा राखौं ।
मुगु र डोल्पामा पाइने यार्सागुम्बु र जुम्ला, हुम्ला, कालिकोट, जाजगरकोट, सल्यान, रुकुम पश्चिम लगायत वन क्षेत्रमा पाइने सिलाजित, पाँचऔँले, वन लसुन, चिराइतो , गुच्ची च्याउ सतुवा जस्ता जडीबुटी तथा वन उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिने सम्भावनाबारे पनि छलफल उनको भनाई छ । कर्णालीमा उत्पादन हुने रैथाने बालीले मुल्य नपाउदा उत्पादक किसान मर्कामा छन । अर्कोतिर रैथान बाली उत्पादन गर्न कृषि आधुनिकीकरण औजारको पनि किसानलाई आबश्यक छ ।

चर्चामा

सम्बन्धित समाचार