सोमवार, जेष्ठ ११, २०८३
सोमवार, जेष्ठ ११, २०८३
  • होमपेज
  • समाचार
  • यस्ता छन, मन्त्रिपरिषदका मुख्य ४ निर्णयहरु

यस्ता छन, मन्त्रिपरिषदका मुख्य ४ निर्णयहरु

  • सोमवार, जेष्ठ ११, २०८३
यस्ता छन, मन्त्रिपरिषदका मुख्य ४ निर्णयहरु

 

काठमाडौ – सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्य चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

यस्ता निर्णयहरु

– अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरूङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरिएको छ ।
– कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८३÷८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जसअन्तर्गत मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको छ ।
– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।।

चर्चामा

सम्बन्धित समाचार