काठमाडौ —सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति माग्ने तथा जारी गर्ने प्रक्रियामै कानुनी त्रुटि देखिएको उल्लेख गरेको छ । अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने क्रममा कानुनले तोकेको विधि र प्रक्रिया पालना नभएको प्रारम्भिक रूपमा देखिएको जनाएको छ ।