बुधबार, जेष्ठ १३, २०८३
बुधबार, जेष्ठ १३, २०८३
  • होमपेज
  • समाचार
  • कीर्तिमान सगरमाथा आरोहि कामीरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान

कीर्तिमान सगरमाथा आरोहि कामीरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान

  • बुधबार, जेष्ठ १३, २०८३
कीर्तिमान सगरमाथा आरोहि कामीरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान

काठमाडौ —विश्वकै सर्बोच्च शिखर सगरमाथामा ३२ औ पटक सफल कीर्तिमान आरोहि कामिरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिएको छ ।एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा दोश्रो संस्करणको एभरेष्ट समिटर्स समिटमा संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री खडक राज पौडेलले कामिरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मान गर्नु भएको हो ।
५६ बर्षिय कामिरिताले सन १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका हुन । उक्त कार्यक्रममा कामिरिता शेर्पा सहित विश्वका २६ देशका १ सय ७६ जना सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाण पत्र सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।सोही कार्यक्रममा पर्यटनमन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ सङ्कल्पको प्रशंसा गर्दै सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।

मन्त्रीले हिमालय क्षेत्रमा देखिएका जलवायु परिवर्तनका गम्भीर असरप्रति चिन्ता व्यक्त गरेका छन । त्यसै गरि एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोहीको सम्मानका गत वर्षदेखि एभरेष्ट समिटिएर्स समिट कार्यक्रम सुरुवात गरेको बताउनु भयो ।

पर्यटन मन्त्री मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, आयोजक संस्था एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेय लगायतले सगरमाथा आरोहिलाई पदक र प्रमाण पत्रले सम्मान गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार