काठमाडौँ – सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर, मासिक एक हजार पुरयाइने बताउनु भयो ।