काठमाडौ – आजको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय गरेको हो ।
निर्णयहरु ः
१. युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (ग्ल्भ्ए) बाट ओजन तहलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
२. सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई (ब्क्ष्न्) पदमा बढुवा गर्ने।
३. २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने ।
४. भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने ।