काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुई देश बीचको बिशिष्ट तथा बहुआयमिक सम्बन्धलाई थप उचाईमा पुरयाउन नया सरकारसित सहकार्य गर्न उत्कुस रहेको जानकारी गराउनु भएको छ ।
रास्वपा सभापति लामिछाने संग भेटवार्ता पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालय एक्समा यस्तो लेख्नु भएको छ ।
मोदीले लेखेको यस्तो छ————-
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुरÞ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
नरेन्द्र मोदी रवि लामिछाने