शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शिक्षा
  • बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

  • शुक्रबार, जेष्ठ २२, २०८३
बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौ —भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै तोकिएको अवधिभित्र हाजिर हुन निर्देशन गरेको छ । मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदा लिएका तर त्यसको अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नगराई बेपत्ता भएका कर्मचारीहरूलाई लक्षित गरी यो सूचना जारी गरिएको हो ।
आगामी तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक नगराए कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी मन्त्रालयले दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार