शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शिक्षा
  • मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा उत्कृष्ट शिक्षा निर्देशनालयद्धारा सम्मान

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा उत्कृष्ट शिक्षा निर्देशनालयद्धारा सम्मान

  • शुक्रबार, जेष्ठ २२, २०८३
मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा उत्कृष्ट शिक्षा निर्देशनालयद्धारा सम्मान

मुगु– मुगु जिल्लाका तीन जना शिक्षकहरु कार्य सम्पादनमा उत्कृष्ट देखिएको ठहर गर्दै सामाजिक मन्त्रालय अन्त्र्रगत शिक्षा बिकास निर्देशनालय सुर्खेतले आज सम्मान गरेको छ । शिक्षा बिकास निर्देशनालयको आर्थिक बर्ष २०८२।०८३ को कार्यक्रम अनुशार शिक्षा क्षेत्रमा  लगनशिल कार्यनिष्ठ र उत्कृष्ट  सेवा   पुरयाएको कदरको उच्च मुल्याङकन गर्दै उत्कृष्ट शिक्षा भए बाफत नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिेएको शिक्षा बिकास निर्देशनालयले जनाएको छ ।
उत्कृष्ट हुने शिक्षकहरुमा मालिका आवि हेन्र्नीकाध मुगुमा कार्यरत शिक्षिका बिष्णुमाया भाम, महाकाली नमुना उच्च माध्यमिक बिद्यालय गमगढीमा कार्यरत प्रअ खड्ग बहादुर रोकाया र  महादेव मावि  ह्याङलुमा कार्यरत शिक्षक नवराज कोइराला रहेका छन ।
शिक्षा बिकास निर्देशनालयले उत्कृष्ट हुने तीन जना शिक्षकलाई नगद ३५ हजार सहित प्रशंसा पत्रले सम्मान गरेको छ । हाम्रो कामको उच्च मुल्याकन गरि शिक्षा बिकास निर्देशनालयले सम्मान गर्दा सारै खुशी लाग्यो बिष्णुमायाले भनिन यो सम्मानले अझ हामीलाई काम हौसला बढाएको छ । उक्त तीन जना शिक्षकले प्राप्त गरेको सम्मान अरु शिक्षकहरुलाई पनि सिकाई हुने अपेक्षा गरिएको छ ।

पूर्बाधार कमजोर शैक्षिक समाग्रीको अभावका बाबजुद मुगुमा शिक्षाहरुलाई बिधार्थीहरुलाई पढाउन त्यति सहज भने छैन । शिक्षा बिकास निर्देशनालयले गरेको यो सम्मानले आगामी दिनमा शिक्षक पेसालाई थप मर्यादित र गुणस्तरीय शिक्षा प्रदान गर्न थप टेवा पुग्ने छ । शिक्षकलाई थप हौसला प्रदान गर्न शिक्षा बिकास निर्देशनालयले प्रदान गरेको पुरस्कारले दुर्गम क्षेधमा कार्यरत शिक्षकलाई थप हौसाला बढाएको खड्ग बहादुर रोकायाले बताउनु भयो । जिम्मेवारी निकाय बाट सम्मान पाउदा खुशी लागेको उनको भनाई छ ।  निर्देशनालयले गत बर्ष देखि मापदण्ड अनुसार मुल्याङकन गरि उत्कृष्ट शिक्षा घोषणा गरेर पुरस्कार प्रदान गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार