मुगु —मानो रोपेर मुरी उब्जाउने मुख्य सिजन सुरु भइसक्दा पनि यस वर्ष पर्याप्त वर्षा नहु“दा मुगुका किसान चिन्तित छन ।खडेरीका कारण नदिनाला, कुलो र मुहानहरू सुक्दै गएपछि पानीको तीव्र अभावका बीच बेशीतिरका किसानहरू कष्टपूर्ण धान रोपाई गर्न बाध्य भएका छन ।
मुगु सोरु गाउपालिकाको तलिलिब्रु, माथिलिब्रु, भादगाउ, धैनकोट, नेर, सिप, कालै, गिलाहा, लगायत बस्तीका किसानहरु खडेरीको समस्या झेल्दै खेतमा धान रोप्न सुरु गरेका छन । खेडेरीले खोला, कुलोमा पानी निकै अभाव छ त्यो समस्यालाई मध्यनजर गरि किसानले धान रोपाई सुरु गरेको मुगु धैनकोट गाउका हरिकेश आर्चायले बताए ।
आकासको पानी कुर्दै किसानलाई अन्नबाली लगाउन समय बित्न थालेपछि दुःखका साथ धान रोप्न थालेको उनको भनाई छ । यता जिल्ला सदरमुकाम गमगढी आसपासका बस्तीहरु चैन, कार्कीबाडा, बालै, सालिम लगायत बस्तीका किसानहरुले पनि पानीको अभाव झेल्दै धान रोपाई सुरु गरेका छन
असारको मध्य भइसक्दा पनि मनसुन पूर्ण रूपमा सक्रिय नहुदा अधिकांश आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रहरूमा रोपाई प्रभावित भएको छ ।
सिँचाइको भरपर्दो व्यवस्था नभएका बस्तीका किसानहरू बर्षा कुर्दै बसेका छन । ब्याडमा बीउ छिप्पिँदै गएपछि कतिपय किसानले टाढाका खोल्साखोल्सीबाट पानी ओसारेरै भए पनि रोपाई गर्न बाध्य भएका छन । पानी अभावले यसपालि रोपाई गर्न कठिन भएको किसानको भनाई छ ।
तस्विर हरिकेश आर्चाय मुगु