काठमाडौं —राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार शीतल निवासमा नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो । मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीरलाई नियुक्त गर्न सिफारिस गर्नुभएको थियो ।प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलवार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।