काठमाडौं —नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने निर्णय गर्नु भएको छ । मंगलबार नवनियुक्त गृहमन्त्री गुरुङले पदभार सम्हाल्दै २०५८ जेठ १९ गते सालमा भएको दरबार हत्याकाण्ड बारे थप छानविन गर्ने बताउनु भएको छ । गृहमन्त्री गुरुङले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानविनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने हरेक फाइल खोल्ने निर्णय गर्नु भएको छ ।
नेपाली चेलीहरुलाई दुःख दिएको सहन नसक्ने उहाको भनाई छ । मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस भन्ने उहाको माग छ । गृहमन्त्रीले अब हरेक फाइल खोलिने बताउनु भएको छ ।