सोमवार, असार १५, २०८३
सोमवार, असार १५, २०८३
  • होमपेज
  • कृषि
  • जलवायु परिवर्तनले धान खेतीमा बढ्दो चुनौती देखिएको छ, : राष्ट्रपति पौडेल

जलवायु परिवर्तनले धान खेतीमा बढ्दो चुनौती देखिएको छ, : राष्ट्रपति पौडेल

  • सोमवार, असार १५, २०८३
जलवायु परिवर्तनले धान खेतीमा बढ्दो चुनौती देखिएको छ, : राष्ट्रपति पौडेल

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो चुनौती देखिएको बताउनु भएको छ सोमबार २३औँ राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै राष्टपति पौडेलले सरकारले सिँचाइ पूर्वाधार विस्तार, जलवायुमैत्री कृषि प्रविधिको विकास तथा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने बताएका छन

राष्टपति पौडेलले जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो माग अनुसारको धान उत्पादन जोड दिनु पर्ने बताएका छन ।
धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताए ।

हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारल गायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकाले असार १५ लाई दहीचिउरा खाने दिन पनि भन्ने गरिएको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार