मुगु—देशभर असार अन्तिम सम्म कुल ४५.८१ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्ष यो अबधि ५९.२८ प्रतिशत क्षेत्रमा रोपाई भएको थियो भने यस वर्ष खडेरीको प्रभावले धान रोपाई कम भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफल मध्ये हालसम्म ६ लाख २७ हजार ५ सय ६६ हेक्टरमा धान रोपाई पुरा भएको छ । कर्णालीमा भने ४०.५ प्रतिशत मात्र धान रोपाई भएको छ । बिशेष गरि माथिल्लो कर्णाली क्षेत्रका पहाडी जिल्लामा धान रोपाई यस बर्ष कम देखिएको छ ।
मुगु, हुम्लाको तल्लो क्षेत्र, कालिकोट, जुम्ला लगायत जिल्लामाहरु खडेरीको असरले गर्दा कृषकले समयमा धान रोपाई गर्न पाएका छैनन । हुम्लाको तल्लो क्षेत्र र मुगुको बेशीतिर खडेरीको बढी प्रभाव छ ।