बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • देश
  • प्रतिनिधिसभा बैठक आज बस्दै, प्रतिवेदन र विधेयकमाथि छलफल गरिने

प्रतिनिधिसभा बैठक आज बस्दै, प्रतिवेदन र विधेयकमाथि छलफल गरिने

  • बुधबार, असार ३१, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, प्रतिवेदन र विधेयकमाथि छलफल गरिने

काठमाडौ —संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गरिनुका साथै नयाँ विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन विषयमाथि छलफल हुने कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने कार्यसुची छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आइएलओ सम्बन्धी दुई विषय सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार