काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका विषयमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नु भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका छन ।
सम्झौतामा सरकारका प्राथमिकताका रूपमा रहेका सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काम तथा उपलब्धिलाई समेटिएको छ । त्यसै गरि उक्त सम्झौतामार्फत मन्त्रीहरूको जिम्मेवारी, कार्यसम्पादन र अपेक्षित उपलब्धिलाई स्पष्ट पारिएको छ । तस्विर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय