काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले बाढी पिडित नागरिकहरुको अबस्था बुझनु रसुवा पुगेका छन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्
सोमबार प्रभावित क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले बाढीपीडित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूले भोगिरहेका समस्या र गुनासाबारे जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा राष्ट्रपतिले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि भइरहेका प्रयासबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका थिए। बाढीले पु¥याएको धनजनको क्षतिसम्बन्धी विवरण पनि समितिले राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीले बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै खोज तथा उद्धार, राहत वितरण, प्रभावितको पुनस्र्थापना र तत्काल आवश्यक निर्माणका कामबारे भइरहेको प्रगतिबारे राष्ट्रपतिलाई अवगत गराएका छन ।