मङ्लबार, अशोज २७, २०८३
मङ्लबार, अशोज २७, २०८३
  • होमपेज
  • गण्डकी प्रदेश
  • राराले तानेको मन कति सफल कति असफल

राराले तानेको मन कति सफल कति असफल

  • मङ्लबार, अशोज २७, २०८३
राराले तानेको मन कति सफल कति असफल

पदम न्यौपाने, पाल्पा
मुगु ,रारा तालको कारण अन्तराष्ट्रिय आकर्षण भएको जिल्ला हो । तर मुगुवासिन्दाले यसलाइ आझैपनि अवसरको रुपमा लिन सकिरहेका छैनन् । समाज वदल्ने,मुगुको विकास गर्ने लक्ष्य लिएर दलिय राजनीति गरिरहेका जिल्लाका नेताहरुमा यद्यपी यो चेतमा सुधार आएको देखिदैन ।

विभिन्न ग्रामीण र सामाजिक रुपान्तरणगर्नें विकास कार्यक्रमका मार्फत म पनि २०६२ सालमा पहिलो पटक मुगु पुग्ने अवसर प्राप्त गरेको थिएं । पाल्पाको मान्छे काठमाण्डौ बसेको र पहिलो पटक मुगुको रारा पुग्दा मनमा धेरै कल्पनाहरु थिए । रारा पुग्दा आठ बजिसकेको थियो । रारा वाट १ किमि टाढाको मुर्मा गाउमा बसोवासको व्यवस्था रहेछ । त्यहाँ हेल्थ पोष्ट पनि रहेछ । पुग्दा नपुग्दै कसैले सुनायो– आज दिउसो एउटा कार्यक्रम थियो ।

मध्यदिनमा एक जना नानीलाइ भूत चढेछ । बल्ल तल्ल विर्ष बहादुरजी (स्थानीय समाज सेवी) ले सान्त बनाउनु भयो । सुन्दा नसुन्दै मैले सोधे — अहिले कस्तोछ । उनै विर्ष बहादुरले भने अवत ठिक छ । सो सुनेपछि नै मेरो मनमा डर जागिसकेको थियो । खाना खायौं सुतियो । तर म र मेरो मन असान्त रह्यो, कति वजे निद लाग्यो पत्तो भएन ।

यो सुने देखिनै मलाइ त्यहाको अवस्थावारे थप गम्भिर बनायो । सो कार्यक्रम सकेपछि रारा घुम्यौं र सदरमुकाम गमगढी गयौं, दुइदिन बस्यौं । विभिन्न नेताहरु भेटभयो, सामाजिक कार्यकर्ता भेट भयो । कर्णाली प्रदेशका हालका मुख्यमन्त्री मंगल शाही(तत्कालिन माओवादीका नेता) संंग मुगुको विकास र विकास वारे नेताको सोच भित्रिरुपमा बुझने मौका मिल्यो ।

मैले त्यहाँका केही व्यक्तिहरुसंग सवै भन्दा टाठो, बाठो र सफल व्यक्ति कोहो भनेर सोधे । केहीले भने तिलक बहादुर मल्ल, जस्ले नांग्लोमा टमाटर बेचेर नै अहिले राम्रो र सफल व्यक्ति हुन् भन्ने सुने पछि तिलकलाइ खाजें । भेट भयो लामो कुराकानी भयो ।

मैले उनै तिलक मल्ललाइ साथ लिएर , सहयोग गरेर मुगुमा केही नयाँ र प्रभावकारी काम गर्नुपर्दछ भन्ने मनमा अठोट लिएर केही योजना बनाए, मल्लसंग छलफल गरें र केही कामको प्रारम्भ गर्ने निधो गरियो ।
मुगुलाइ संञ्चारमार्फत संसार र सम्चारसंग जोड्ने सवै भन्दा संस्तोमा रेडियो मुगु स्थापना गरियो र समाचार र संसारसंग मुगुलाइ जोडियो ।

आर्थिक सामाजिक रुपान्तरणकालागि मुगुमा मुख्य कार्यालय रहने गरी लघुवित्त संस्था स्थापना गर्ने गरी तयारी गर्न लगाइयो तर यो काम कम्पनी दर्ताका लागि र राष्ट्र वैंकको अनावश्यक झन्झटका कारण ठूलो प्रयत्न पश्यात पनि अगाडी बढ्न नसकेपछि कृषि सहकारी मार्फत काम गर्न मद्धत गरियो ।
रारा तालमा फोहर बढ्न थालेको देखे पछि राराताल वरी परि कुनैपनि संरचना हुनु हुन्न र हटाउनुपर्दछ भनेर जिल्ला विकास समितिको वैठक वाट ताल वरिपरिका संरचना हटाउने निर्णय गराउन सफल भइयो । हाल सो प्रकृया अगाडी बढेर संरचना निर्माणमा रोक र भएका संरचना हटाउने काम लगभग अन्तिममा पुगेकोछ ।

सो समय देखी हरेक वर्ष म मुगु पुग्ने गरेको थिए । एकपटक रारावाट ताल्चा एयरपोर्ट आउदै गर्दा मुर्मा गाउँका एक जनासंग भेट भयो । उनि पनि काठमाण्डौ जाने भन्दै थिए । मैले सोधें– के कति काम लिएर काठमाण्डौ जाँदै हुनु हुन्छ ? उन्ले भने २०५४ सालतिर आफ्नो माझ घट्टमा रहेको ४ रोपनी जग्गा काठमाण्डौका एक जनालाइ विक्रि गरेका रहेछन् , त्यही जग्गामा वसिरहेका रहेछन् ।

तर उनि त्यही जग्गा मध्ये १ रोपनी जग्गा किन्न जाने भन्दै थिए । अचम्म लाग्यो र सोधें — पहिले बेच्नु भयो अहिले ८, १० वर्ष पछि किन्न किन खोज्नु भयो ? उन्ले भने जग्गाको मूल्य थाहा भएन , वेचियो तर अहिले आफूलाइ जग्गा पनि आवश्यक भयो र बल्ल जग्गाको मुल्य र महत्व वारे थाहा पनि भयो ।

उन्को यो कुराले मलाइ झनै गम्भिर बनायो । यहाँ यति राम्रो ताल छ । रारा वरीपरि निकुञ्जको जग्गा निजि जग्गा भनेको मुर्मा र माझघट्टका मात्र हुन् । यसको भविक्ष्य छ तर भविष्यवारे कुनै जानकारी नभएर यसो हुन पुगेको र यहाँका जनताको दैनिकी अत्यन्त कमजोर भएको मेरो निष्कर्षले त्यहाँको जग्गाको मूल्य बढाउन के गर्न सकिन्छ भन्ने वारेमा उपायहरु सोच्न थालें । तर केही बजारका टाठावाठाले भने गांउका मानिसलाइ दैनिकीका सामान उधारोमा दिने र पछि रकम तिर्न अप्ठेरो भएपछि दश विस हजारमा एक रोपनी जग्गा आफ्नो बनाउने गर्दो रहेछन् ।

यसकालागि स्थानीयलाइ सचेत वनाउने, जग्गा कम मूल्यमा नवेच्न र राराका कारण धेरै अवसर आउछन् भन्ने सन्देशकालागि राराको विकास मार्फत त्यहाको रुपान्तरण गर्न रारा विकासकालागि पहल गर्न योजना आयोग लगायतमा अनुरोध गरियो । तत्कालिन स्थानीय विकास अधिकारी इश्वरी पौडेल र योजना आयोगका उपाध्यक्ष डा. शंकर शर्माविच अन्तरकृया गराउने र विकास अवधारणा प्रस्तुत गर्ने कार्य गरियो ।

मुर्मामा होटल रिजोर्टको सम्भावना रहेकोले सोही अनुरुपको सन्देश प्रवाह र लगानीकर्ताहरुलाइ अनुरोध गर्ने कार्यलाइ निरन्तरता दिइयो । कुनै एउटा व्यवसायिक समूहले ठूलो चौर(माथिल्लो मिलि) नेपाल सरकारवाट भाडामा लिने कार्य अन्तिम चरणमा पुगेको अवस्थामा सो परियोजनामा मुगुका वासिन्दाको पनि शेयर हुनुपर्दछ भन्ने आवाज उठाउन मद्धत गरियो ।

तर प्रस्तावकहरुले आफ्नै आन्तरिक कारणले परियोजना अगाडी बढाउन सकेनन् र स्थगित गरियो ।
गएको वर्ष मेरा मित्र तथा पूर्वसांसदलाइ तल्लो मिलिमा हाइअल्टीच्यूड गल्फ कोर्ट निर्माणको सम्भावना अध्ययनकालागि नेपाल सरकार समक्ष अनुरोध गर्न लिखित प्रस्ताव तयार पारी सो बालागि बजेट विनियोजनकालागि अनुरोध गरियो । नेपाल सरकारले ५४ लाख विनियोजन परि गरियो । तर नगरपालिकाद्धारा सो कार्य गर्न सकेन ।

अर्को आर्थिक वर्षको बजेट विनियोजनका समय मित्र स्वयम मन्त्री बनको भएपनि सो रकम विनियोजन हुन भने सकेन । तल्लो मिलिमा हाइअल्टीच्यूड गल्फ कोर्ट निर्माण गनुपर्ने माग किन गरिएको थियो भने – गल्फ धनी मानिसको रोजाइमा पर्ने खेल हो । सो कार्ट वनाए पश्च्यात एउटा अन्तराष्ट्रिय खेल आयोजना गरि संसरका धनी मानिसहरुलाइ रारा पु¥याइ रारामा लगानी बढाउने योजना अनुरुपको अपेक्षा राखिएको थियो । तर हाल सो अगाडी बढाउने सोच राजनीतिक नेतृत्वमा अभाव देखिन्छ ।  । यसकालागि कर्णाली प्रदेशका मुख्य मन्त्री मंगल शाहीसंग पनि अनुरोध गरिएकोछ ।

मुगुमा लघुवित्त वित्तिय संस्थाको स्थापना गर्ने पहल अगाडी बढ्न नसकेपछि बुटवलमा केन्द्रिय कार्यालय रहनेगरी स्थापना गर्न लागिएको देउराली लघुवित्त वित्तिय संस्थाको पहिलो शाखा मुगुमा स्थापना गरी केन्द्रिय कार्यालय बुटवल र शाखा मुगु राख्ने गरी तयारी गरिएको भए पनि राष्ट्र बैंकको नीतिमा परिवर्तन गरी एक प्रदेशमा भौगोलीक कार्य क्षेत्र सिमित गरिदिए पछि सो पनि अगाडी बढ्न सकेन ।

यसैगरी तत्कालिन अवस्थामा मुगुका सवै पालिकाका जनताहरुको सामूहिक लगानी संकलन गरी पालिका अनुसार नाम राखी पालिकाकै कर्मचारी र पालिका वा क्षेत्र अनुरुपको सेवा र संस्कृति प्रदर्शन हुने गरी रिजोर्ट स्थापना गर्न निकुञ्जसंग जग्गा भाडामा माग गरिएको थियो । सो आवेदन प्रकृयागत रुपमा अन्तिम चरणमा पुगेकै अवस्थामा नेपाल सरकारको निकुञ्ज क्षेत्रको जग्गा भाडामा दिने सम्वन्धमा कार्यविधि तयार गर्ने भन्दै सो प्रकृया समेत रोकीयो । लगानीकालागि हरेक

पालिकामा छलफल गरी इच्छा जाहेरको लगत फारम समेत संकलन प्रकृया अगाडी बढी सकेको थियो । त्यस्तै बर्षेनी रारा भ्रमण गनर््ेहरुको संख्या बढ्दै गएको तर स्थानीय उत्पादनसंगको सम्वन्ध पर्यटकहरुसंग नहुने देखेर स्थानीय उत्पादनलाइ तयारी र तयार नपारिएका बस्तुहरुको प्याकेजिगं गरी विक्रि गर्न सक्ने बनाउनेगरी मध्यवर्ति क्षेत्र समिति, विभिन्न गैसस, नपा र राजनीतिक दलका प्रतिनिधिहरुलाइ कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिदै आएको अवस्था पनि रह्यो ।

उल्लेखित पहलहरु सवै मुगुको दीगो विकासमा योगदान गर्ने र स्थानीयको सामाजिक आर्थिक रुपान्तरणको उद्धेश्य सहितका पहल थिए । यी पहलहरुले त्यहाँका राजनीतिक कार्यकर्ता तथा नेताहरुलाइ थप पहलका लागि सहयोगी हुने विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार