सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • कृषि
  • कागुनो माग बढदै उत्पादन घटदै

कागुनो माग बढदै उत्पादन घटदै

  • बिहिबार, बैशाख ६, २०८१
कागुनो माग बढदै उत्पादन घटदै

क्याराभान खबर
मुगु जिल्ला सोरु गाउ“पालिका–३ भीई गाउ“का बैगुन धामीले यो पटक ६ क्विन्टल कागुनो बाली बेचर करिव ३० हजार कमाएका छन गत बर्ष पनि उनले कागुनो बिक्री गरेर २० देखि २५ हजार कमाए ।

गाउ“मै प्रति केजी ५० रुपैया“मा धमाधम पुख्र्योली बाली कागुनो बिक्री हुन थालेपछि धामीले अरु बाली लगाउन छोडेर कागुनोलाई जोड दिएका छन ।
कागुनो बेचेर बर्षेनी २५ देखि ३० हजार कमाइने हुने गरेको धामीले बताए कागुनो बाली आम्दानीको मुख्य श्रोत बन्न थालेको उनले भने कार्तिक मंसिरमा गाउ“मै ब्यापारी आएर कागुनो किनेर लैजान थाले ।

यो बर्ष कागुनो बेचेर ७ हजार कमाइ भयो भीई गाउ“का अर्का खडक बुढा सुनाए । भीई करिव ३ सय परिवारको मुख्य आम्दानी कागुनो बन्न थालेको उनको भनाई छ ।
भीईका ८ वटा गाउ“ अन्त्र्रगत भामगाउ“, भिदगाउ“, ठूलागाउ“ बैनागाउ“, काटीगाउ“, कोसेडी लगायत बस्तीका स्थानीयले कागुनो बाली उत्पादन गरि शहरतिर निर्यात गर्न थालेका छन । बिगत बर्षमा एक केजी पनि बिक्री नहु“ने कागुनो तीन बर्ष यता देखि धमाधम बिक्री हुन थालेपछि स्थानीय उत्साहित भएका छन ।

गत बर्ष भीई गाउ“ बाट करिव डेढ सय क्विन्टल र यो बर्ष दुई सय भन्दा बढी क्विन्टल कागुनो बिक्री भएको सोरु गाउ“पालिका–३ भीई गाउ“का वडाअध्यक्ष सिंहबहादुर धामीले जानकारी गराए ।

सडकको पहु“च बिस्तार हुदै आए पछि भीई गाउ“को कागनोले मुल्य पाएको उनको भनाई छ । कार्तिक मंसिरमा शहरका ब्यापारी पैसा बोकेर भीई गाउ“मा पुगेर कागुनो खरिद गरि काठमाडौ नेपालगञ्ज सुर्खेत लैजाने गरेका छन ।धमाधम कागुनो बाली बिक्री हुन थालेपछि वडा कार्यालयले पनि उक्त बाली उत्पादनमा बिशेष जोड दिन स्थानीयलाई आग्रह गरेको छ । वडाअध्यक्ष धामी भन्छन भात पकाएर खान हुने बेचेर पैसा पनि कमाइने कागुनो बालीलाई वडाले पनि उत्पादनमा प्रथामिकता राखेको छ । उनले भने कागुनो प्याकिङ्क गर्ने बोरा र तौल गर्ने साधन स्थानीयलाई आबश्यक छ ।

सोरु गाउ“पालिकाको ५५ वटा बस्ती मध्ये भीई गाउ“का कागुनो बाली उत्पादन हुने भएपछि स्थानीयले भने कम लगाउने गरेपछि उत्पादन घटदै गएको छ ।
चैत बैशाखमा लगाएको कागुनो भदौमा पाक्ने र जेठ असारमा लगाएको कागुनो कार्तिकमा पाक्ने गरेको छ । सुगर रोगको मुख्य औषधि नै कागुनो बाली हो छाया“नाथ रारा नगरपालिका–९ मुर्मा गाउ“का जडिबुटी औषधि बिशेषज्ञ बिर्खबहादुर रोकायाले बताए ।
कागुनो उपभोग गर्दा सुगर रोग निको हुने उनको भनाई छ । असोज कार्तिकमा पाकेको कागुनो टिपेर घरमा ल्याई छतमा चुटेर छाना निकाल्ने र उक्त दाना घाम सुकाएर ओखलमा कुटेर चामल निकालेर भात पकाएर खाने गरिन्छ ।।

 

चर्चामा

सम्बन्धित समाचार