बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • खेलकुद
  • मुगु सदरमुकाममै छैन खेलमैदान

मुगु सदरमुकाममै छैन खेलमैदान

  • शनिबार, बैशाख ८, २०८१
मुगु सदरमुकाममै छैन खेलमैदान

क्याराभान खबर
जिल्ला सदरमुकाम गमगढीमा खेलमैदान नहुदा खेलाडीलाई समस्या उत्पन्न भएको छ ।
गमगढीमा अहिले सम्म खेलाडीको निम्ति सुबिधायुक्त खेलमैदान नहु“दा खेलाडीहरु खेल समाग्री बोकेर बा“झोचौरमा जान बाध्य छ
जिल्ला सदरमुकाममा खेलमैदान नहुदा खेल खेल्न बाझो जमिनमा जानु परेको खेलाडीको दुखेसो छ ।
जिल्ला सदरमुकाममा खेलमैदान र कवडहल नहुदा खेलाडीलाई खेल खेलाउन र प्रशिक्षण दिन गर्न निकै गाह्रो भएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले सुनाए । पहिले महाकाली स्कुलको चौरमा खेल खेलाउने गथ्र्यौ मल्लले भने स्कुलले प्रतिबन्द्ध गरेपछि अहिले खेतबारी खेल खेलाउनु पर्ने अबस्था आएको अध्यक्षको भनाई छ ।
जिल्लामा खेलमैदान निर्माणको लागि स्थानीयतह, प्रदेश र संघ बाट बजेटको ब्याबस्था नहु“दा खेलाडीहरु मर्कामा परेका छन खेलमैदानकै समस्याले गर्दा केही खेलाडीहरु खेल छोडन समेत बाध्य भएका छन । खेलमैदान नै छैन भने कसरी खेल खेलाउने भलिबल प्रशिक्षक जिल्लासिह भाम भन्छन यहा“ खेलाडीहरु धेरै छन तर खेलमैदान अभावले ओझेल परेका छन ।
जिल्ला सदरमुकाममा खेलमैदान समस्याले गर्दा जिल्ला खेदकुद बिकास समितिले बैशाखमा रारा मिलिचौरमा पहिलो पटक कवडी खेलको आयोजना गर्न लागेको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि रारामा कवडी खेल आयोजना गर्न लागिएको अध्यक्ष मल्लले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार