बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • संघ र प्रदेशले काम नगर्दा स्थानीयतहले गाली खानु परेको छ ः नगर प्रमुख भाम

संघ र प्रदेशले काम नगर्दा स्थानीयतहले गाली खानु परेको छ ः नगर प्रमुख भाम

  • शनिबार, बैशाख ८, २०८१
संघ र प्रदेशले काम नगर्दा स्थानीयतहले गाली खानु परेको छ ः नगर प्रमुख भाम

क्याराभान खबर
मुगु जिल्लामा संघिय र प्रदेश सरकारले विकास नगरेपनि गाली भने स्थानीय सरकारले पाउदै आएको बताएको छ ।
प्रदेश र संघीय सरकार मातहतका जिल्ला स्थित सडकहरुको स्तरउन्नती र अन्य सुधारका काम दुबै सरकारले नगरेपनि गाली भने जनताहरुले स्थानीय सरकारलाइ गर्ने गरेको छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताए
जिल्लामा कार्यरत क्रियासिल संचारकर्मी लाईआचारसंहिता तथा आचरण सम्वन्धी आयोजना गरेको ३ दिने तालिमको शनिवार समापन कार्यक्रममा नगरप्रमुख भामले प्रदेश र संघीय सरकारलाइ यस्तो आरोप लगाएका छन ।

छायानाथ रारा नगर पालिकामा रहेका संघीय सरकार मातहतका कर्णाली राजमार्ग अन्तरगत नाग्म ( गमगढीको वुलवुले ( गमगढी खण्ड,गमगढी ( नाक्चे लाग्ना सडक,ताल्च(रारा सडक र गमगढी(लामाचौर ( रारा सडकहरुको सुधार तथा स्तरउन्नतीमा ध्यान नदिदा सवारी चालक तथा यात्रुले सास्ति भोग्दै आएका छन ।
संघीय मात्र होइन कर्णाली प्रदेश सरकारले पनि आफ्ना मातहतका सडक निमाण,सुधार र स्तरउन्नतीमा ध्यान दिएको छैन प्रदेश सरकार मातहतमा गमगढी ( तारापानी सडक ,गमगढी (बाम( हुम्ला दार्म सडक,गमगढी(पिना ( राताचौर सडक,बालै(मन्दु( जुम्ला सडक,अल्कासाघु( चराप(रोवा( सोभा सडक,लुम्स( सोवा सडक,झाडनाउला( मन्दु सडक,कोटिल्ला(लिउडी(घट्ट्लेख(घट्ट्लेख सडक रहेका छन ।

गमगढी बजारको आँखा अस्पताल देखि सामुदायिक भवनको मोडसम्म सडक बिभागले सडक समय मै नबनाउदा यो सडक सधै पानी परे हिलाम्य र घाम लागे धुलाम्य हुन्छ  सघिय सरकारबाट १० करोडमा ठेक्का लागेको २ वर्ष वितिसक्दा पनि अझै काम सम्पन्न गरिएको छैन गमगढी बजार प्रवेश यहि सडक पर्ने भएकोले विभिन्न काम विषेशले मुगु आउने व्यक्तिहरु तथा रारा ताल,चन्खेली हिमाल,दूध ताल,सातपोखरी ताल,छायानाथ धाम, ऋणीमोक्ष,थार्प मष्टो लगायत धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र घुम्न आउने पर्यटकहरुले कस्तो नगरपालिका रहेका छ ,को मेयर रहेछ कामै गरेको रहेनछ भनेर गाली गर्ने गरेको नगरप्रमुख गुनासो छ ।

छायानाथ रारा नगरपालिकाका नगरप्रमुख भाम भन्छन  २०७९ को बाढिले पिना,चाट्टेबगर,घट्टेखोला,अल्कासाघु,बिराचौर,झुगेलामा रहेका काठेपुल र झुलुङ्गे पुल बगायो । पुल बगाएको २ वर्ष वित्नै लाग्दा पनि प्रदेश र संघीय सरकारले निर्माण तथा पुनर्निर्माणमा ध्यान नदिदा जनताहरुले सास्ती भोग्दै आएका छन ।
पत्रकारले स्थानिय सरकारका मात्र कमी कमजोरी देखाउने प्रदेश र संघीय सरकार बारे केही नबोल्ने नलेख्ने नगर्नुस भामले भने  राम्रा नराम्रो  कुरा बाहिर ल्याउनुस

                                                                                                                                                                          संचारकर्मी मोहन कुमार मल्लको रिपोटिङको आधारमा

चर्चामा

सम्बन्धित समाचार