बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • बौद्ध शिक्षा अध्यायन गर्न गुम्बा निर्माण

बौद्ध शिक्षा अध्यायन गर्न गुम्बा निर्माण

  • सोमवार, बैशाख १०, २०८१
बौद्ध शिक्षा अध्यायन गर्न गुम्बा निर्माण

 

 

क्याराभान खबर
मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिकामा प्रथम पटक बौद्ध शिक्षा पढाउन गुम्बा निर्माण गरिएको छ ।

कार्मारोङ गाउपालिका–३ चेजाङपुकमा रिम्वोच्चे हिस्से साम्फो र उनकी धर्मपत्नि रिम्वोच्चे खाण्डो पेमा छोईडेलको आर्थिक सहयोगमा निर्मित ओर्गेन ढोदुल लिङ् गुम्बाको उद्घाटन र १० औं कर्मारोङ सिद्धि धोङढुब पुजाको कार्यक्रम संगै उक्त गुम्बामा आधारभूत तहको बौद्ध शिक्षा पढाइने छ ।
कार्मारोङ भित्रका १७ वटा बस्तीका आदिबासी जनजातिका बालबालिकालाई अब देखि यही निर्मित गुम्बामा आधारभूत तहको बौद्ध शिक्षा पढाई प्रारम्भ गरिने गुम्बाका अध्यक्ष खेन्वो कार्मा राप्के जनाए ।

गाउपालिकाको वडान १ देखि ९ सम्म १७ बस्तीमा आदिबासी जनजाति लामा समुदायको बालबालिकाहरु बौद्ध शिक्षा अध्यायनको लागि भारत, तिब्बत र काठमाडौका बिभिन्न स्थानमा जानु पर्ने बाध्यतालाई मध्येनजर गरि गाउ“मै बौद्ध शिक्षा पढाउन गुम्बा निर्माण गरिएको छ ।

कार्मारोङमा सरकारी सामुदायिक बिद्यालयको संख्या १६ वटा रहेको र बौद्ध शिक्षा अध्यायनको लागि एउटा पनि स्कुल पाठशाला नहु“दा मुगु, चितै, डोल्फू, पूलु, मह,, माग्री, ताखा, खारी रिउस पुवा, लगायत बस्ती बाटखबौद्ध शिक्षा अध्यायनको लागि करिव ८ सय बालबालिका जिल्ला बाहिर छन

आदिबासी जनजातिको बाहुल्यता रहेको कार्मारोङ बौद्ध शिक्षा अध्यायनको लागि गुम्बा पाठशाला नभएको अबस्थामा रिम्वोच्चे हिस्से साम्फो र उनकी धर्मपत्नि रिम्वोच्चे खाण्डो पेमा छोईडेलको आर्थिक सहयोगमा निर्मित ओर्गेन ढोदुल लिङ् गुम्बामा अब बौध शिक्षा पढाइने हुने छ ।

चर्चामा

सम्बन्धित समाचार