बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • हिउ चितुवा जोगाउन समस्या

हिउ चितुवा जोगाउन समस्या

  • मङ्लबार, बैशाख ११, २०८१
हिउ चितुवा जोगाउन समस्या

 

क्याराभान खबर
कर्णालीको डोल्पा जिल्लामा लोपन्मुख हिउ चितुवाको संख्यामा बृद्धि भएपनि जोगाउन समस्या देखिएको छ ।डोल्पा बन डिभिजन कार्यालयले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र सामुदायिक बनमा ३० वटा लोपन्मुख हिउ चितुवा भेटिएको सार्बजनिक गरि सकेको भएपनि संरक्षणमा समस्या छ ।
बढ्दो चोरी शिकारी, जलबायूको असर खडेरी बन आगलागी जस्ता समस्याले गर्दा लोपन्मुख हिउ“ चितुवा जोगाउन समस्या हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अधिकृत बिश्वबाबु श्रेष्ठको भनाई छ ।
हिउ चितुवाको मुख्य आहारा निगालो भएको र सो निगालो लोप हुदै जान थालेपछि हिउ“ चितुवालाई समस्या हुने देखिएको छ ।हिउ  चितुवाको छाला बिक्री गर्न चोरी शिकारी बाट पनि हिउ“ चितुवा जोखिम देखिएको निकुञ्जले जनाएको छ ।
जलबायूको प्रभावमा हिमाली क्षेत्रमा न्यून हिमपात हुन थालेपछि हिउ चितुवालाई असर हुने देखिएको छ । हिउ चितुवाको बासस्थान हिउमै हुने भएकोले समस्या हुने अनुमानज गरिएको छ । हिमाली डोल्पा जिल्ला नेपालकै उच्च हिउ  चितुवा देखा परेको हुदा निकुञ्ज अधिकृत श्रेष्ठले बताउछन ।
नेपाल सरकार र विश्व वन्यजन्तु कोषले प्रथम पटक २००९ मा साईन सर्भे अर्थात हिउ  चितुवाको पाइला दिशा पिसाव प्रबिधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को अनुमानित गरिएको निकुञ्जले जनाएको छ ।
सौजन्य फोटो ः शे फोक्सुण्डो राष्टिय निकुञ्ज कार्यालय डोल्पा र बिश्व बन्यजन्तु कोष

 

चर्चामा

सम्बन्धित समाचार